भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं. २०७२ साल साउन १२ गते। मंगलबार। इश्वी सन्
२०१५ जुलाई २८ तारिखको राशिफल हेर्नुहोस्....
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले काम
समेत अवरुद्ध बन्ने योग छ।
सहयोगीहरूले हात झिक्न सक्छन्।
सानातिना काम र घरेलु
समस्यामा अल्झनुपर्ला।
आत्मबलमा कमी आउनुका साथै मनको डरले सताउने
समय छ। मध्याह्नपछि स्थितिमा केही सुधार आए
पनि बाध्यतापूर्ण काममा समय बित्न सक्छ।
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।
Taurus
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो क्षणमा अचानक
खिन्नता बढ्ने समय छ। सोचेको
लाभ नमिल्न सक्छ। केही
अप्ठ्यारा परिस्थितिको
सामना गर्नुपर्ला। आफन्तसँग
असमझदारी बढ्न सक्छ। बाध्यताका काममा
अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास
बढ्ने योग छ। यात्रामा धनमाल हराउन सक्छ।
स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक
गतिविधिमा सचेत रहनुहोला।
Gemini
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काममा केही प्रतिस्पर्धा र
चुनौती सामना गर्नपर्ला।
तापनि, शत्रुहरूलाई तह लगाउन
सकिनेछ। रोकिएका काम
बन्नुका साथै धेरै योजना
फलीभूत हुनेछन्। मध्याह्नपछि व्यापारमा लाभ
मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने
र फाइदा उठाउने समय छ। लामो यात्राको
प्रक्रिया अघि बढ्नेछ।
Cancer
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफ्नो प्रतिभा अरूलाई देखाउन
सकिनेछ। गुरुजनको विशेष सहयोग
जुट्नेछ। प्रयत्न गरेका काम ढिलै
भए पनि सम्पादन हुनेछन्।
उपलब्धि राम्रै पाइनेछ।
पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट
धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने
कमजोर रहला। मध्याह्नपछि काममा
प्रतिस्पर्धा बढ्नेछ। तापनि, प्रतिष्ठा र
अधिकार स्थापित गर्न सकिनेछ।
Leo
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतका निर्णयले केही
अप्ठ्यारोमा परिने देखिन्छ।
परिवारजनको सहयोगले फाइदा
लिन सकिनेछ। तर,
साथीभाइसँग प्रतिस्पर्धाको
वातावरण बन्नेछ। मान्यजनसँग पनि असमझदारी
बढ्ला। तापनि कमी–कमजोरीलाई सुधार गर्न
सकिनेछ। समयको गतिलाई पछ्याउन नसक्दा
अलि दुःख पाइएला। लक्ष्य प्राप्त गर्न मुस्किल
पर्नेछ भने खर्च पनि बढ्नेछ।
Virgo
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानो प्रयत्नले ठूलो काम
बन्नेछ। एउटै कामबाट दोहोरो
लाभ मिल्नेछ। गरेका कामबाट
धेरैलाई फाइदा पुग्न सक्छ।
सहयोगीहरूले पनि साथ
दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ र
थप उत्साहित भइनेछ। मध्याह्नपछि काममा
अवरोध आउला। प्रियजनबाट पनि अलि
टाढिनुपर्ने अवस्था आउन सक्छ। पशु, भूमि र
मातृधनबाट लाभ मिल्नेछ।
Libra
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बोलीको भरमा काम सम्पादन
हुने योग छ। विचारले धेरैलाई
आकर्षण गर्ने समय छ। प्रशंसकहरू
बढ्नेछन्। सहयोगीहरूले काममा
साथ दिनेछन्। राम्रै फाइदाको
योग छ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष
सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मध्याह्नपछि अलि विवादमा परिने सम्भावना
छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख
पाइनेछ।
Scorpio
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
(Scorpio)
उत्साहजनक समय छ। प्रयत्न
गरेको काम छोटै समयमा पूरा
हुनेछ। तपाईंका प्रशंसकहरू पनि
बढ्नेछन्। विशेष समारोहबीच
प्रतिष्ठा, मान–सम्मान आदि
पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिले पनि
पेटको खराबीले समस्या देखा पर्न सक्छ सचेत
रहनुहोला। प्रेम र मित्रताको गाँठो कसिएर
जाला। व्यावहारिक कामबाट पनि फुर्सद
पाइनेछ र प्रसन्नता मिल्नेछ।
Sagittarius
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काममा लगानी बढाउने समय
छ। शोख परिपूर्ति गर्नमा पनि
खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा
नसोचेको काम तत्काल बन्न
सक्छ। दिगो फाइदा हुने
काममा लगानी बढाउन सकिनेछ। मध्याह्नपछि
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम
छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई
समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू पनि
बढ्नेछन्।
Capricorn
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
(Capricorn)
धेरै श्रमपछि कम मूल्य पाइने योग
छ। भएको आम्दानी र सञ्चित
रकम समेत खर्च गर्नुपर्ला।
लगानीको तुलनामा कम
प्रतिफल पाइएला। प्रयत्न गर्दा
दिगो फाइदा उठाउन सकिनेछ। मध्याह्पछि खर्च
बढे पनि व्यवसायमा लगानी बढाउने मौका
आउला। वैदेशिक कामकाजमा पनि फाइदै होला।
मनको डर उत्साहमा रूपान्तरित हुनेछ। लामो
यात्रा गर्ने मौका छ।
Aquarius
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
प्रतिष्ठित काम गर्ने मौका छ।
अरूलाई प्रभावित पारेर काम
लिन सकिने छ। कीर्तिमानी
काम सम्पादन होला।
सामाजिक क्षेत्रमा नेतृत्व
हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन
सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
काममा मातापिताको सहयोग प्राप्त होला।
मध्याह्नपछि अनावश्यक खर्च भने बढ्न सक्छ।
Pisces
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सामाजिक काममा रुचि बढ्नेछ।
एउटै कामबाट दोहोरो लाभ
मिल्नेछ। विशेष योजनाहरू
बन्नेछन्। धार्मिक अनुष्ठान र
मंगलमय कृत्य सम्पादन हुन सक्छन्।
मध्याह्नपछि अवसर आए पनि नयाँ काममा हात
हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले
फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य
राख्नुहोला।

0 comments:
Post a Comment