भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक
हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् ।
कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई
गुलियो खान मन पर्छ त कसैलाई नुनिलो ।
यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक
फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध
राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न
तरिका अपनाउन मन पर्छ । कसैलाई कामुक कुराकानी
मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ ।
ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक
हुनुको कारण राशि हो ।
१. मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन् ।
मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ ।
तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन
पराउँदैनन् ।
यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक
आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने
वेलामा यिनीहरु आतुर हुन्छन् ।
२. वृष राशिलाई चुम्बन मन पर्छ ।
वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु
आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ ।
यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक
अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई
यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।
३. मिथुन राशिलाई प्रेमालाप मन पर्छ ।
यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक
भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् ।
यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन
सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको
मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति
पनि सचेत हुन्छन् ।
४. कर्कट राशिवालाहरु प्रेममा उत्साहित हुन्छन् ।
यो राशिका मानिस भावुक र मानसिकरुपमा
संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण
यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो
पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण
हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन
जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।
५. सिंह राशिले पर्खिन्छन् पार्टनरको इशारा ।
यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् ।
यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको
पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु
निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा
पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।
६. कन्या राशिमा यौनप्रति विशेष रुची ।
यो राशिका मानिस केही लाज मान्ने स्वभावका
हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग
प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै
हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला
समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् ।
तर मुडी स्वभाव भने हुन्छ ।
७. तुला राशिका मानिसमा सम्बन्ध बढाउने
चाहाना हुन्छ ।
यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा
ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि
दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला
राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति
मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई
यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।
८. वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ ।
वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो
राशि भएका मानिसमा कामुकता बढी हुन्छ ।
यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने
केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक
हुन्छन् ।
९. धनु राशि जतिबेला पनि यौनका लागि तयार ।
यो राशिका मानिसको विशेषकता के हो भने
यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार
रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन
गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।
१०. मकर राशिलाई चुम्बन मन पर्छ ।
यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा
गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् ।
प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर ।
यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन
अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम
सचेत हुन्छन् ।
११. कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ
।
यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति
उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको
प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य
कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो
पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।
१२. मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ ।
यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ ।
पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् ।
यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ ।
कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् ।

0 comments:
Post a Comment