Home » , » नारीका चार चरित्र, को कति सेक्सी ?

नारीका चार चरित्र, को कति सेक्सी ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक
बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा
उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ ।
तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार
प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र
हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र
लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको
पाइन्छ :

पद्यमिनीको लक्षण-
पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को
न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र
जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र
सुगाको जस्तै सलक्क परेकेा नाक, हरिणकाजस्ता
चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल
जस्तै हुन्छन् । तिनको पुष्पझैं अंग हुने, कपाल काला
चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता
डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र
राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल
नालजस्ता लामा हात, केराको थाम वा हात्तीको
सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी,
थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम
स्वभावका नारी पद्यनिी कहिन्छन् । उनीहरु देव,
ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् ।
उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत-
जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले
सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं
ढल्की-ढल्की बिस्तारै हिंड्न,े नाच-गान मन पराउने,
बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा
चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल-
पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका
नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको लक्षण-
चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र
राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो
सलक्क परेको शरीर हुन्छ । यिनीहरु सम्भोगमा सबै
क्रिया राम्ररी जान्ने हुन्छन् । स्तन ठूला भएकी,
सुगाको जस्तै नाक र ठूला चंचल नेत्र भएकी, सुवर्णको
जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै
घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने
भएकी, बेलको फल जस्तै कठोर स्तन भएकी , कपालको
केश काला र लामा भएकी, नाच-गान जान्ने र मन
पराउने स्त्रीलाई चित्रिणी भन्छन् । चित्रिणीको
योनि बाटुलो हुन्छ र मदन-जल बढी बग्दछ । लोभ
नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र
क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता,
ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन
डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा
आलिंगन, चुम्बन र मर्दन आदि मन पराउने, मोटा-मोटा
तिघ्रा भएकी, मीठो-मीठो खान खोज्ने,
पुष्पमाला, आभूषण र चित्र-बस्त्र रुचाउने हुन्छन् ।
चित्रिणी नारीको योनि बाटुलो र अग्लो तथा
मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने यस्ता
लक्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।

शंखिनीको लक्षण-
शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी
लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र
शीलवती हुन्छन् । ठूला र कठोर स्तन एवं शरीरबाट
क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा, मसिनु
बोली, जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही
विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र
क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना
पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने,
सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले
हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन्
। शरीरबाट विचित्र प्रकारको दुर्गन्ध आउने नारी
शंखिनी कहिन्छन् । चाक्लो र ठूलो नितम्ब हुने र
योनिमा बढी राैं हुने, कामजल थोरै निस्कने तथा
समागम गर्दा नखक्षत गर्ने एवं शरीर बढी तातो रहन्छ ।
ती पित्त प्रकृतिका, ठीक्कको आहारा भएका,
गर्दभझैं बाणी-कर्ण-कटु हुने एवं कपटी र पापी विचार
भएका स्त्री शंखिनी कहिन्छन् ।

हस्तिनीको लक्षण :
हस्तिनी नारीहरु दिन-रात सम्भोगको इच्छा गर्ने र
अग्लो शरीर भएका हुन्छन् । गाला, निधार, कान र
नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा सानो
तथा मोटो भएका, आँखा राता-राता र विशाल,
कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा
फुकेका, केही बाँगिएको घाँटी र फालीजस्ता दाँत,
हात्तीको जस्तै चर्को बोली भएकी, शरीरबाट
विचित्र प्रकारको गन्ध आउने, पर-पुरुषसँग सम्भोगको
मौका खोजिरहने, ठूलो नितम्ब हुने, कर्कशा, धेरै
रिसाहा, आँैलाहरु बांगा-टिंगा भएको र डल्लो-
मोटो तिघ्रा भएको, रजमा हात्तीको मदझैं गन्ध
आउने, भगमा खस्रो मोटो र बाक्लो रौ भएकी,
योनी ठूलो र गहिरो हुनाले सम्भोगमा कहिल्यै
सन्तुष्ट नहुने । देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा
राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै
बशमा राख्न बाध्य हुनुपर्ने, जसलाई पनि डर-भय
नमानी मनपरी बोल्न अघि सर्नेे स्त्रीलाई हस्तिनी
भन्दछन् ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved