भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । प्रहरीले धादिङबाट नेपालमा
चर्चित कलाकारलाई नियन्त्रणमा लिएको छ ।
नेपालका चर्चित हास्य कलाकार जितु नेपाल
‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र गायिका
कोमल वलीलाई धादिङ प्रहरीले नियन्त्रणमा
लिएको हो । रेडियो कार्यक्रम ‘भन्दै सुन्दै’
रेकर्डका लागि धादिङ पुगेका तीनै जना
कलाकारलाई प्रक्रिया अनुसार कार्यक्रम
स्थलबाटै नियन्त्रणमा लिएको धादिङका प्रहरी
नायव उपरीक्षक डीएसपी प्रकाश मल्लले
जानकारी दिनुभयो ।
टेलिफोनमा दैनिक नेपालसँग उहाँले
भन्नुभयो-‘अनुमती विनै हामीलाई जानकारी
नदिएर कार्यक्रम आयोजना गरिएको रहेछ,
कार्यक्रमको उद्देश्यसँगै सुरक्षा पनि जोडिएको
हुन्छ, त्यसकारण प्रशासनको प्रक्रिया अनुसार
उहाँहरुलाई प्रहरी कार्यालयमा ल्याएर सम्झाई
बुझाई ग¥यौ ।’
उहाँले कलाकार राष्ट्रको गहना भएकाले सुरक्षा
पनि महत्वपूर्ण पाटो भएकाले छलफल प्रक्रियागत
सम्झाउन मात्रै प्रहरी कार्यालय ल्याइएको बताए
। ‘कार्यालयमा बोलाइएको हो । कलाकारलाई
ल्याउनुपर्ने होइन् आयोजक ल्याउनुपर्ने हो । तर
उहाँहरुले नै आयोजक हौं भनेपछि ल्याउनु परेको हो
।’
जनचेतनामुलक रेडियो कार्यक्रम तयार पार्न उनीहरु
नीलकण्ठ उमाविको प्राङगण पुगेका थिए । उक्त
स्थानमा चर्चित कलाकारहरु पुगेपछि अत्याधि
भीड जम्मा भएको थियो । सो भीडसामु उनीहरुले
विभिन्न प्रस्तुतिहरु समेत दिइरहेका थिए ।
तर प्रशासनले बिना अनुमति कार्यक्रम गरेको भन्दै
चर्चित कलाकारहरुलाई नियन्त्रणमा लिएको हो
। प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लगिएको
र केहि बेरमा छाडिएको थियो ।

0 comments:
Post a Comment