Home » » रियाल, रिंगिट र दिर्हामको मूल्य कति ?

रियाल, रिंगिट र दिर्हामको मूल्य कति ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विगत ३ दिनदेखि साउदी अरबको रियाल, कतारको रियाल, मलेसियाको रिंगिट तथा दुबईको दिर्हमको मूल्य स्थिरजस्तै रहेको छ। डलरको मूल्यमा थोरै अन्तरले घटबढ हुनुले ति मुद्राको मूल्य पनि स्थिरजस्तै भएको हो।

आजका लागि साउदी अरबको रियालको खरिददर मूल्य २७ रुपैयाँ तथा विक्रीदर २७ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। त्यस्तै कतार रियालको खरिददर मूल्य २७ रुपैयाँ ८१ पैसा तोकिएको छ भने विक्रीदर मूल्य २७ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ।

दुबईको दिर्हमको खरिददर मूल्य २७ रुपैयाँ ५७ पैसा र विक्रीदर मूल्य २७ रुपैयाँ ७३ पैसा तोकिएको छ। मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ६० पैसा छ भने विक्रीदर मूल्य २६ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved