Home » » फ्री भिसा र टिकटबिना श्रम स्वीकृत बन्द....

फ्री भिसा र टिकटबिना श्रम स्वीकृत बन्द....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, असार २२ - बैदेशिक रोजगार विभागले सोमवारदेखि खाडीका ६ मुलुक र मलेसियाका लागि फ्री टीकट र भीसा विना पूर्व स्वीकृति दिन बन्द गरेको छ । विभागले फ्री टीकट र भीसा उल्लेख भएको मागपत्र नआए ७ देशको लागि अब पूर्व स्वीकृत नदिने काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले बताए । 'अब पुरानो पद्धती रद्ध भयो' उनले भने, 'खाडी र मलेसियाको लागि फ्री टीकट र फ्री भीसा नभई स्वीकृति दिदैनौं ।'

मन्त्रालयले मलेसिया र खाडीका ६ मुलुक साउदी अरब, कतार, युएई, कुबेत, बहराईन र ओमनको लागि दुई तर्फी हवाई टीकट र भीसा निशुल्क हुनुपर्ने निर्णय गरेको हो । कामदार वैदेशिक रोजगारमा जाँदा स्वास्थ्य जाँच, अभिमुखीकरण तालिम, वीमा र कल्याण कोषमा भने आफैले गर्नुपर्ने छ । त्यसको लागि करीव ८ हजार रुपैयाँ खर्च हुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved