भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ९ साउन । नेपाल प्रहरीका चर्चित
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलले प्रमुख
राजनीतिक दलका नेतालाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै
एसएसपी खरेलले नेतालाई गुमाउरो पारालेले
चेतावनीको भाषा प्रयोग गरेका हुन् । एसएसपी खरेलले
भनेका छन्-‘जनता ले अब नि हेरेर बस्ने छैनन्…..।’
देशमा संविधान निर्माणको प्रक्रिया अगाडि
बढिरहेका बेला अब पनि अलमल गरे नेतालाई जनताले
नछाड्ने चेतावनी उनको यो आक्रोशबाट दिन
खोजेको छ । उसो त आफ्नै संगठनका सिनियर
अधिकारीसँग नडराउने एसएसपी खरेलले केही नेतालाई
खोरमा पनि हालिसकेका छन् ।
खोरमा हाल्न नसकेका नेतालाई एसएसपी खरेलले
जनताको भाषाबाट चेतावनी दिएका हुन् । पदीय
मर्यादा र संगठनको नियमानुसार सिधै बोल्न नपाउने
भएपछि एसएसपी खरेलले जनताको नामबाट घुमाउरो
पाराले नेतालाई सचेत गराउने उद्देश्यले चेतावनी
दिएका हुन् । उनको यो आक्रोशबाट जनताले छिट्टै
संविधान चाँहेको कुरा पनि नेतालाई भन्न खोजेको
प्रष्ट हुन्छ ।

0 comments:
Post a Comment