Home » » संविधान नचाहनेले वितण्डा मच्चाए : ओली ,‘धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता लेख्न सकिन्छ’

संविधान नचाहनेले वितण्डा मच्चाए : ओली ,‘धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता लेख्न सकिन्छ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, श्रावण ८ - एमाले अध्यक्ष केपी ओलीले
संविधान नचाहने समूहले संविधान जारी होला भन्ने
डरले आन्दोलनको नाममा विचण्डा मच्चाएको आरोप
छ । सीमांकन र नामांकन तथा धर्मनिरपेक्षताको
बिषयमा भएको आन्दोलनतर्फ लक्षित गर्दै ओलीले
त्यस्ता आन्दोलन तर्क र तथ्यको आधारमा नभएको
दाबी गरे ।
ओली निवास बालकोटमा रिपोर्टस् क्लब नेपालले
आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै
उनले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता
नहोला भन्ने आशंका नगर्न अनुरोध गरे ।
‘संविधान जारी भएको ६ महिनाभित्र छुट्टै आयोगले
सीमांकनको विषय टुंग्याउछ’, ओलीले भने, ‘आयोग
स्वतन्त्र र वैज्ञानिक हुन्छ ।’ मधेसी दलको
आन्दोलनप्रति लक्षित गर्दै ओलीले जनताले दिएको
सुझाव अनुसार प्रदेशको सीमांकन र नामांकन हुन्छ भने
पार्टीलाई आपत्ति नभएको जनाए ।
नागरिकताको सन्दर्भमा टिप्पणी गर्दै ओलीले कुनै
पनि नेपाली नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे ।
‘नेपाली होइनन् भने मात्रै नत्र भने सबै नेपालीले
नागरिकता पाउँछन्’, ओलीले भने ।
कार्यक्रममा बोल्दै ओलीले धर्म निरपेक्षताको
नेपाली अनुवाद नै गलत भएको बताए । ‘धर्म
निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता भन्न खोजेको
हो’, उनले भने,‘निरपेक्षताको स्थानमा धार्मिक
स्वतन्त्रता उल्लेख गर्न सकिन्छ ।’
उनले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको
ग्यारेन्टी हुने बताए । ‘प्रेस स्वतन्त्रता भनेकै पूर्ण हो’,
ओलीले भने,‘स्वतन्त्रता भन्ने कुरा आधा वा कम भन्ने
हुन्न ।’ उनले संविधानमा प्रेस स्वतन्त्रताको सट्टा पूर्ण
प्रेस स्वतन्त्रता लेख्न पनि कुनै आपत्ति नभएको बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved