भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नवलपरासी, ८ साउन । झारफुक गरी रोग निको
पार्ने भन्दै नवलपरासीमा एक बालकलाई बलि
चढाइएको छ ।
बलि चढाई हत्या गरिएका बालकको शव आज
नवलपरासीको कुडिया गाविस–४ मा दिउँसो फेला
परेको छ ।
गत मङ्गलबारदेखि हराएका कुडिया–४ मर्चाहाका
शिवमङ्गल कोहारका १० वर्षीय छोरा जीवनको
गण्डक नहर पछाडिपट्टिको पटेर घारीमा शव फेला
परेकोे इलाका प्रहरी कार्यालय बेलाटारीले
जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी
निरिक्षक जगतबन्धु पोखरेलले स्थानीय शिवमंगल
कोहारका १० वर्षिय छोरा जीवन कोहारलाई बली
चढाउन भन्दै हत्या गरिएको बताए ।
हत्यामा संलग्न आशंकामा ९ जना गाउँलेलाई प्रहरीले
पक्राउ गरी अनुसन्धान थालेको छ । बालकको झारफुक
गरी हत्या गर्ने प्रमुख अभियुक्त रुद्धल चमार फरार छन् ।

0 comments:
Post a Comment