भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वासिङ्टन, श्रावण ८ । नासाले आफ्नो
खोजी अभियान अन्तर्गत पृथ्वीजस्तै एउटा
नयाँ ग्रह फेला परेको दाबी गरेको छ । उक्त
ग्रहमा बसोबास गर्न सकिने विश्वास
वैज्ञानिकहरुले गरेका छन् ।
नयाँ ग्रहको नाम ‘क्याप्लर ४५२’ राखिएको
छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डल
भित्रै छ । यसले सूर्यको परिक्रमा गर्न ३८५
दिन लगाउने वैज्ञानिकहरुको भनाई छ ।
यस ग्रहमा पृथ्वीको जस्तै चट्टान
रहेको बताइन्छ । औसत तापक्रम रहेका कारण
यसमा पानी र जीवनको सम्भावना पनि
रहेको वैज्ञानिकहरुको भनाई छ ।
यो ग्रह पृथ्वीको तुलनामा ६० गुणा ठूलो छ ।
पृथ्वीजस्तै जीवन सम्भव हुने भएर नै
वैज्ञानिकहरुले यसलाई ‘अर्थ २’ भनेका छन् ।
पृथ्वी बाहिर जीवनको खोजीमा रहेका
वैज्ञानिकहरुले यसलाई ठूलो सफलताका रुपमा
लिएका छन् ।

0 comments:
Post a Comment