Home » » रौतहटमा एमाले नेता माधव नेपालमाथि कुर्सी प्रहार

रौतहटमा एमाले नेता माधव नेपालमाथि कुर्सी प्रहार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गौरमा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी
प्रहार गरिएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित
नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल
भइरहेकै बेला नेता नेपालमाथि कुर्सी प्रहार भएको
हो ।नेपाल सद्भावना पार्टीका समर्थकहरुले नेता
नेपालमाथि कुर्सी प्रहार गरेको बताइएको छ। नेता
नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन
गरेर , सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै
नेपाल सद्भावना पार्टीका कार्यकर्ताहरुले
नाराबाजी सुरु गरेका थिए। प्रहरीले नेपाल
सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत
भवन प्रवेशमा रोक लगाएको थियो ।
त्यसपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी
प्रहार गरेको प्रहरीले जनाएको छ। नेता नेपाल भने
सुरक्षित रहनु भएको प्रहरीले जनाएको छ। सो सभा
हलअगाडि अहिले चर्को नाराबाजी भइरहेको खबर
नागरिक न्युजले लेखेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved