Home » » भारतमा अब यी दुई बहिनीलाई हुँदैछ फाँसी ! जान्नुहोस् कारण

भारतमा अब यी दुई बहिनीलाई हुँदैछ फाँसी ! जान्नुहोस् कारण

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । १९९३मा मुम्बईमा भएको अलग अलग बम
विस्फोटका दोषी याकूब मेमनलाई विहीबार
दिइएको फांसीपछि महाराष्ट्रको कोल्हापुरका दुई
बहिनीलाई पनि फांसीमा चढाउने सम्भावना बढेको
छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब रेणुका
किरण शिन्दे र उनकी बहिनी सीमा मोहन गवितलाई
फांसीमा चढाइनेछ । यो घटनामा पहिलो फैसला
अप्रिल २०१५मा भएको थियो । जबकि अर्काे अन्तिम
फैसला अक्टुबर २०१५मा हुँदैछ । खबरअनुसार उनीहरुविरुद्ध
अदालतमा डेथ वारन्ट (मृत्युदण्ड) जारि गरिएको छ ।
जसले फाँसी सजाय हुने सम्भावना धेरै छ ।
तल्लो अदालतले यसअघि मृत्युदण्डको प्रस्तावसहित
माथिल्लो अदालतमा मुद्दा पठाएको थियो । यी
दिदीबहिनीलाई तल्लो अदालतले यस्तो सजाँय वर्ष
२००१मा सुनाइएको थियो । यी दुबैले मागेको
माफीलाई पनि राष्ट्रपतिले २०१४मा अस्वीकार
गरेका थिए ।
अपराधी दिदीबहिनी रेणुका र सीमामाथि आरोप
थियो कि दुबै बहिनीले आफ्नी आमा अनजानाबाई
गवितसँग मिलेर १३ बच्चाको अपहरण गरेका थिए । र
उनीहरुलाई भीख माग्ने बाध्य पारेका थिए । जब
यिनीहरुमा ९ बच्चा भीख मांग्न नसक्ने थिए र भीख
माग्न मानेन् तब आमासँग मिलेर दिदीबहिनीले ती सबै
बच्चाहरुको हत्या गरिदिए । मुद्दा चल्दैगर्दा आमा
अनजानाबाईको मृत्यु भयो ।
अहिले यो मुद्दा सर्वाेच्च अदालतमा सुनुवाईको
क्रममा छ । आगामी अक्टुबर २०१५मा फैसला हुने यो
मुद्दामा दुबै बहिनीलाई फाँसी सजायँ हुने सम्भावना
प्रबल छ । किनकि उनको मृत्युदण्ड सजाय माफी
राष्ट्रपतिले समेत अस्वीकार गरिसकेका छन । जसका
कारण पनि अदालतले सिधै फाँसी सजाँय सुनाउनेछ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved