भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भैरहवा, १५ असार । सूचना तथा संचारमन्त्री
डा.मिनेन्द्र रिजालले नयाँ संबिधान निमार्णका
लागि संबिधानसभामा रहेका सम्पुर्ण दलहरुले
सम्झौता गर्नुपर्ने बताएका छन् ।
रुपन्देहीको सैनामैनामा कार्यकर्ता भेटघाट
कार्यक्रममा बोल्दै रिजालले लामो समयपछि नयाँ
संबिधान निर्माण हुन लागेको अबस्थामा सबै दलहरु
एक भएर संबिधान निर्माणका लागि लचक हनुपर्ने
बताए ।
संबिधानको मस्यौदामा केही कमी कमजोरी
भएपनि त्यसमा आवश्यक संसोधन गरी जनतासामु नयाँ
संबिधान दिनुको बिकल्प नभएको उनको भनाई छ ।
मस्यौदा प्रति केही पार्टिको असहमति भएता पनि
सम्झौता गरि अगाडि बढ्न सकिने धारणा उनले राखे
।
मस्यौदाप्रति असहमति जनाएका मधेसकेन्द्रित
दलहरुलाई पनि सकेसम्म सहमति मै ल्याएर संबिधान
जारी गर्ने पक्षमा कांगेस रहेको उनले बताए ।
‘संबिधान निरन्तर बगिरहने खोला जस्तै हो’
रिजालले भने । यो देश अनेकन धर्ममा आस्था राख्ने
मानिसहरु को राष्ट्र भएको बताउँदै उनले घुमाउरो
पारामा हिन्दु राष्ट्र नहुने बताए ।
‘सबिंधानमा लेखिएको भाषा लाई धेरैले अइश्वर बाद
भनेको भएपनि त्यो होइन्’ उनले भने । देशमा बुहुसंख्यक
मानिस हिन्दु धर्ममा आस्था राख्ने भएता पनि केही
नागरिक अन्य विभिन्न धर्म मान्ने छन्, उनीहरुलाई
अनादार गर्नु उचित नभएको रिजालको जिकिर छ ।
उनले धार्मिक स्वतन्त्रता अक्षुण हनुपर्ने तथा सबै
धर्मको सम्मान हुने गरि संबिधान आउनेमा जोड दिए ।
सीमांकन सहितको संबिधान जारी गर्न कांग्रेस
तयार रहेको उनको भनाई थियो । ‘सकिन्छ भने
कोसिस गरौ सकिदैन भने संबिधान जारी
गरिसकेपछि पनि त्यसलाइ टुंग्याउन सकिन्छ’ उनले भने ।
0 comments:
Post a Comment