भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भविश्यमा सिने क्षेत्रमा पनि लाग्ने विचार छ कि ?
अवश्य पनि लाग्छु । चलचित्र खेल्नका लागि अफर
आयो भने खेल्ने बिचारमा छु । त्यसमा पनि कथावस्तु
राम्रो भएको सिनेमाबाट अफर आयो भने त्यस्तो
सिनेमामा काम गर्न तयार छु ।
ग्ल्यामर भनेको के हो ? चलचित्र क्षेत्रमा पनि
ग्ल्यामरको खाचो रहेकै हो त ?
ग्ल्यामर भन्ने कुरा हर चिजमा छ । आजको दुनिया
भनेकै ग्ल्यामरको दुनिया हो । ग्ल्यामर सधै एकै
किसीमको हुन्न भेराइटी पस्कन सक्नु पर्दछ ।
वास्तवमा यो समयको माग पनि हो । चलचित्रमा
पनि कथावस्तुले मागे अनुसारको ग्ल्यामरस त पस्कनु
पर्दछ । ग्ल्यामर बिनाको कला त खल्लो भइहाल्छ
नि । कथाले मागे अनुसार र समयको माग अनुसारको
हल्का त दिनु परि हाल्यो नि ।
तपाइको जीवन साथी हुनको लागि चाहिने
योग्यता के हो ?
मलाइ मन पराउने अर्थात मेरो जीवन साथी हुने
केटामा हुनुपर्ने योग्यता अर्थात गुण मध्ये सबैभन्दा
ठूलो गुण इमान्दार हुनुपर्यो मलाइ बुझ्ने खालको
हुनुपर्यो । तन पनि राम्रो मनपनि राम्रो भएको
पर्फेक्ट केटामात्र मेरो जीवन साथी हुन योग्य हुन्छ ।
प्रेम प्रस्ताव कतिको आउने गरेका छन त ?
उमेरमा पे्रम प्रस्तावहरु त आइ नै हाल्छन । आइ लभ यू भन्ने
त थुपै्र छन तर मेरो जीवनसाथी हुने खालको पर्फेक्ट
चाहि एक जना मात्र छन् ।
सेक्सका बारेमा तपाइको अवधारणा के छ ?
सेक्स प्रकृतिको नियम नै हो यो सबैलाइ चाहिन्छ ।
गास बास कपास पछिको आवश्यकता हो सेक्स । प्रष्ट
भन्नु पर्दा दुई जनाको मन मिले पछि सेक्स हुन्छ । तर
पनि बिहेअघिको सेक्सलाई हाम्रो समाजले स्विकार
नगरेकाले म पनि त्यसमै सहमति जनाउदछु ।
यसको मतलत बिहे अघिको सेक्समा तपाइको सहमत
छैन ?
मैले अघि नै बताइसके सेक्स भनेको दुइजनाको मन
मिलेपछि हुने कुरा हो भनेर । तैपनि समाजमा मुल्य
मान्यतालाइ ख्याल राख्दै बिहे सम्म कुर्दा केहि
बिग्रंदैन । बिहे अघिको सेक्सलाई मान्यता
नदिएकाले बिहे अघि सेक्स नगर्दा पनि रामै्र हुन्छ ।
बिहेपछि भइहाल्छ किन अगाडि नै हतार गरेर आत्तिने
। विहे पछिको सेक्समै मिठास हुन्छ जस्तो लाग्दछ ।
फुर्सदको समय कसरि बिताउनुहुन्छ ?
फुर्सदको समय म घुमघाम गर्न रुचाउदछु त्यसमा पनि
केहि समय भने परिवारको लागि छुट्याउने गरेकी छु ।
अन्तमा एउटा रमाइलो प्रश्न तपाइलाइ कुनै केटाले म
तिमीसंग पे्रम गर्दछु तिमी बिना बाच्न सक्दिन भनेर
भन्यो भने के गर्नुहुन्छ उसलाई ?
हा.हा.हा.हा.सर्वप्रथम त म उसलाइ राम्ररी
सम्झाउछु कि माया एकतर्फी हुन्न भनेर तिमीले मात्र
मलाइ माया गरेर र मन पराएर भएन नी मैले पनि
उसलाइ मन पराउनु पर्यो नि हैन र ? यसरि नै सम्झाउछु
।
0 comments:
Post a Comment