भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भक्तपुर, श्रावण ६ - संविधानको पहिलो प्रारम्भिक
मस्यौदामाथि भक्तपुर क्षेत्र नम्बर २ का सर्वसाधारण
नागरिकले मिश्रित सुझाव दिएका छन्। ‘नगरिक
सम्बन्ध तथा संविधान सुझाव समिति संविधानको
पहिलो मस्यौदामाथि सुझाव संकलन’ कार्यक्रममा
जिल्लाको अनन्तलिङ्गेश्वर, सूर्यविनायक र
मध्यपुरथिमी नगरपालिकाका नागरिकले नयाँ बन्ने
संविधानमा सीता, भृकुटी र बुद्धको देश भनेर
लेखिनुपर्ने सुझाव दिएका छन्। महिलाको समस्या
समाधान गर्न महिला अदालत गठन गर्नुपर्ने, प्रदेश
सरकारको नेतृत्वमा पुरुष र महिलाको आलोपालो
व्यवस्था हुनुपर्ने, संघीयता आवश्यक नभएको, अपाङ्ग
आयोग गठन गर्ने व्यवस्था गर्नुपर्ने जस्ता सुझाव दिए।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का निर्वाचित सभासद्
रामेश्वर ढुंगेलको अध्यक्षतामा भएको सुझाव संकलन
कार्यक्रममा सहभागीले ६० वर्ष उमेर नाघेकालाई
जीवन बाँच्न पुग्ने भत्ताको व्यवस्था संविधानमै उल्लेख
गरिनुपर्ने, स्वास्थ्य र शिक्षाको नि:शुल्क व्यवस्था
हुनुपर्ने सुझाव दिएका छन्। सर्वसाधारण नागरिकले
दिएको राय, सुझावलाई मध्यपुरथिमी
नगरपालिकाका वरिष्ठ कानुन अधिकृत,
अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकाका
कार्यकारी अधिकृतहरूले प्रतिवेदन सहितको सुझाव
सभासदलाई बुझाएका छन्।
कार्यक्रममा खस, क्षेत्री, दशनामीलाई पनि
आदिवासीमा सूचीकृत गरिनुपर्ने, हिमाल, पहाड र
तराईलाई एउटै प्रदेश बनाइनुपर्ने, ५ भन्दा बढी प्रदेश हुनु
नहुने सुझाव दिएका छन्। कार्यक्रममा उपस्थित
नागरिकले जनताले सूचना माग्ने र पाउने हकलाई
सुनिश्चित गर्नुपर्ने,
पूर्ण प्रेस स्वतन्त्रताको हक उल्लेख हुनुपर्ने, स्थानीय
निकायमा वडा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने,
राष्ट्रिय चिह्न गाई भएपछि हिन्दु धर्म हुनुपर्ने बताए।
कार्यक्रममा जिल्लाको अनन्तलिङ्गेश्वर,
सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाका
१ हजार २० ले लिखित र ७२ नागरिकले मौखिक राय,
सुझाव दिएको संसद् सचिवालयका शाखा अधिकृत
शिव थापाले बताए।
0 comments:
Post a Comment