Home » » महिलाको टाउको काटेर हत्या, टाउको अझै भेटिएन....

महिलाको टाउको काटेर हत्या, टाउको अझै भेटिएन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दाङ, ८ साउन । हत्याका धेरै घटनाहरु सतहमा आउँछन् ।
तर, टाउकै गिरेर हत्या भएका घटनामा निकै कम
सुनिन्छन् । त्यही कम सुनिने हत्याको पीडा भोग्दै
निर्जिव बनिन् दाङकी देवकी विश्वकर्मा ।
घोराही नगरपालिका–४ चौघेरास्थित श्रीकृष्ण
टोलमा बिहीबार राति ५६ वर्षीया
विश्वकर्माको टाउँको गिडेर हत्या गरिएको हो ।
उनको शव शुक्रवार बिहान फेला परे पनि टाउको भने
अझै भेटिएको छैन ।
विश्वकर्माको धारिलो हतियारले टाउको गिडेको
डोव देख्न सकिन्छ । उनको शरीरको अन्य अंगमा पनि
धारिलो हतियार प्रहार गरिएको छ । उनलाई
प्रहरीले पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय
अस्पताल घोराहीमा पुर्याइएको छ ।
देवकी २५ वर्षदेखि घोराही नगरपालिका-४
सौंरीमा दाजु डम्बर विश्वकर्माको घरमा बस्दै
आएकी थिइन् । बिहीवारमात्रै उनी बहिनी विमला
विश्वकर्माको घर चौघेरा पुगेकी थिइन् । डम्बर
विश्वकर्माले देवकी लामो समयदेखि मानसिक रोगी
रहेको बताएका छन् ।
हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी
कार्यालय दाङका प्रहरी नायव उपरीक्षक
रञ्जीतसिंह राठौरले जानकारी दिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved