Home » » विप्लव माओवादीद्धारा काठमाडौंको नयाँ बजारमा ट्याक्सीमा आगजनी

विप्लव माओवादीद्धारा काठमाडौंको नयाँ बजारमा ट्याक्सीमा आगजनी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ८ साउन । नेत्र विक्रम चन्द विप्लव
नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले शुक्रबार
दिउँसो काठमाडौंमा ट्याक्सी जलाएका छन् ।
पार्टीले आव्हान गरेको बन्द उल्लंघन गरेको भन्दै विप्लव
माओवादीका कार्यकर्ताले काठमाडौंको नयाँ
बजारमा रोकिराखेको ट्याक्सीमा आगजनी गरेका
हुन् ।
नयाँबजारको धारा गल्लीमा बा १ ज २३०१ नम्बरको
ट्याक्सीमा बन्दकर्ताले शुक्रबार दिउँसो आगजनी
गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी
विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका
अनुसार २/३ जनाको समूहमा आएका बन्दकर्ताहरुले
पेट्रोल छर्किएर ट्याक्सीमा लागो लगाएका थिए ।
आगो लगाउने बन्दकर्ताहरुको खोजी भइरहेको उहाँले
जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved