Home » , » अलोकतान्त्रिक काम गर्दा कमल थापामाथि बल प्रयोग: गृहमन्त्री थापाले भने, ‘यो कुरा धेरै झुटो’

अलोकतान्त्रिक काम गर्दा कमल थापामाथि बल प्रयोग: गृहमन्त्री थापाले भने, ‘यो कुरा धेरै झुटो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण १० - उपप्रधान एवं गृहमन्त्री
वामदेव गौतमले राप्रपा नेपालले मकवानपुरमा
अलोकतान्त्रिक काम गरेकाले प्रहरीले बल प्रयोग
गरेको प्रष्टिकरण दिएका छन् ।
शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग भएको भन्दै राप्रपा
नेपालले जवाफ माग गरेपछि संसदको आइतबारको
बैठकमा उपस्थित गृहमन्त्रीले जनताको सुझाव रोक्ने
अलोकतान्त्रिक काम गरेकाले प्रहरीले बाध्यतावस बल
प्रयोग गरेको बताए ।
‘शान्तिपूर्णरुपमा भिन्न मत राख्ने अधिकार सबैमा
छ,’ गृहमन्त्रीले भने, ‘तर जनताको सुझाव दिन पाउने
अधिकार नै रोक्ने प्रयास भएपछि बाध्यतामा बल
प्रयोग हुन गएको हो ।’ गृहमन्त्रीले सुरक्षाकर्मीले
संयमता अपनाउँदा अपनाउँदै दु:खद घटना भएको भन्दै
दु:ख प्रकट गरे ।
संविधानको पहिलो मस्यौदामा जनताको सुझाव
लिनेक्रममा साउन ५ गते मकवानपुरमा अवरोध गर्ने
राप्रपा नेपालका अध्यक्ष कमल थापा, उनका भाइ
सभासद् गणेश थापालगायतमाथि प्रहरीले बल प्रयोग
गरेको थियो । त्यस घटनामा थापा दाजुभाइ नै
सामान्य घाइते भएका थिए ।
गृहमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको
अधिकार ख्याल राख्न सम्झाए ।
गृहमन्त्रीले प्रष्टिकरण दिएलगत्तै राप्रपा नेपालका
अध्यक्ष थापाले असन्तुष्टि जनाए । ‘गृहमन्त्रीको
भनाइ थोरै सत्यता, केही भ्रम र धेरै झुट छ,’ उनले तत्कालै
प्रतिक्रिया दिइहाले ।
गृहमन्त्रीले संविधान निर्माणमा वन, वचन र कर्मले
सहयोग गर्दै आएको बताउँदै जनताले धर्मनिरपेक्षताको
देशव्यापीरुपमा नै विरोध गरेपछि सरकार
अतालिएको उल्लेख गरे ।
संसद बैठकमा नवपरासीका सभासद्हरु बैजनाथ चौधरी,
दुलारी हरिजन र बिक्रम खनालले बालकलाई बली
दिएको घटना मा सरकारले नैतिक जिम्मेवारी
लिनुपर्ने बताउँदै दोषिलाई कारबाही गर्न माग गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved