Home » » यसरी चलेको छ राजधानीमा जुवाको खाल र यौनधन्दा...

यसरी चलेको छ राजधानीमा जुवाको खाल र यौनधन्दा...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, १० साउन ।
पछिल्लो समय काठमाडौँ, भक्तपुर र ललितपुरमा यौन
व्यवसाय फस्टाएको छ । उसो त १२ वैशाखको
भूकम्पपछि विस्तारै सामान्य बन्दै गएको उपत्यकामा
यौनधन्दासँगै जुवाको खाल पनि सुरु भएको छ ।
सामान्य भट्टीदेखि सुविधासम्पन्न होटल र
अपार्टमेन्टमा दलालले यौन व्यवसाय सञ्चालन गरेका
हुन् ।
बालाजुको बसपार्क, पुरानो बसपार्क, जडिबुटि,
पेप्सीकोला, कलंकीका समान्य भट्टी, गेष्टहाउस र
केही राम्रै नाम आउने होटलमा समेत सञ्चालक आफैँले
युवती राखेर यौन व्यवसाय चलाउँदै आएका छन् ।
ललितपुरको ग्वार्को, सातदोबाटो र भक्तपुरको
सूर्यविनायक आसपासका क्षेत्रमा विगत दुई वर्षदेखि
खुल्लमखुल्ला यौन व्यवसाय सञ्चालन हुँदै आएको छ ।
काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ,
गोरखा, नुवाकोटलगायत पहाडी जिल्लाबाट
रोजगारीको खोजीमा राजधानी भित्रिएका
युवतीलाई दलालले विभिन्न प्रलोभन देखाएर
वेश्यावृत्तिमा लगाउने गरेका छन् । सुरुमा रेष्टुरेन्टमा
काम लगाइदिएर वेश्यावृत्ति गराउन बाध्य पार्ने
गरेका छन् ।
दलालहरुले गेष्टहाउस नै भाडामा लिएर यौन व्यवसाय
सञ्चालन गर्दै आएका छन् । यस्ता गेष्टहाउसमा
युवतीलाई नै राखेर व्यावसायिक रुपमा धन्दा गर्ने
गिरोह नै राजधानीमा सक्रिय छ । विगत पाँचवर्ष
पहिले यस्ता धन्दा चलाउने एक दर्जन दलालका नाइकेले
तत्कालीन परिसर प्रमुख एसपी रमेश खरेलले कानुनको
दायरामा ल्याएपछि राजधानीमा यौन अखडा
चलाउनेको भागदौड मच्चिएको थियो । तर यतिखेर
प्रहरीले नदेखेजस्तो गरेपछि सुविधासम्पन्न अपार्टमेन्ट र
होटलमा युवती सप्लाई गर्ने गिरोहसँगै राजधानीमा
यौनधन्दा फेरि सुरु भएको हरेक शुक्रबार सरकारी
गाडी लिएर काठमाडौँ आउने अधिकृतहरुको संख्यासँगै
अरु युवा पनि राजधानी धाउन थालेकाले देखिएको
छ । कतिपय दलालले अपार्टमेन्ट भाडामा लिएरै यौन
व्यवसाय सञ्चालन गर्दै आएका छन् भने भारतीय मूलका
पर्यटकलाई पाँचचारे होटलमा युवती पठाउने
धन्दासमेत निर्बाध चलेको छ ।
यता, प्रहरीले प्रहरीले नेपाली जुवाडेलाई
क्यासिनो प्रवेशमा पूर्ण बन्देज लगाएपछि सुरक्षित
स्थलको खोजी गर्दै जुवाडे रिसोर्ट र अपार्टमेन्टमा
पुग्न थालेको अपराधखबरडटकमले लेखेको छ । जुवाको
अखडा थाप्ने दलाललाई प्रहरीले विशेष निगरानी
गरेपछि प्रिपेड जुवा हाउसको नाम दिँदै दलालहरुले
रिसोर्ट र अपार्टमेन्टको कोठामा जुवा खेलाउन
थालेका हुन । टोलटोलमा रहेका अखडाबारे
स्थानीयले प्रहरीलाई खबर गर्न थालेपछि जुवा खेल्न
सुविधासम्पन्न अपार्टमेन्ट र रिसोर्टको कोठा बुक हुन
थालेको हो ।
क्यासिनो बन्द भएपछि प्रहरीले टोलटोलमा
क्यासिनो शैलीमा सञ्चालित अखडामा छापा
मार्न थालेपछि जुवाडे र दलालले गोप्यरुपमा
अपार्टमेन्ट र रिसोर्टको कोठामा जुवा खेलाउन
थालेका हुन । समाचार स्रोतका अनुसार
रानीवारीस्थित रिसोर्ट जुवाडेको लागि
सुरक्षित जुवा खेल्ने अखडा बनेको छ । राम्रै आम्दानी
हुने भएपछि रिसोर्ट मालिककै संरक्षणमा जुवा
खेलाउन थालिएको रिसोर्टका कर्मचारीले बताए ।
रानीबारीमा अमर तमाङ, अशोक श्रेष्ठ र राम
तमाङले जुवा खुलाउँदै आएका छन् । एकै दिन जुवा
खालमा ५० लाख रुपैयाँ माथिको हारजीत हुँदै
आएपनि प्रहरीले सुईँको पाएको छैन । राम तमाङले
जुवा खेलाउन गौरीधार र चप्पल कारखाना पछाडि
दुई वटा घर १० वर्षदेखि भाडामा लिएर अखडा
सञ्चालन गर्दै आएका हुन् ।
जुवा खेलाएकै भरमा तमाङसँग करोडौँ रुपैयाँबराबरको
सम्पत्ति छ । सम्पत्तिको स्रोत खोज्ने हो भने
लामाको सबै सम्पत्ति जफत हुने उनकै समकक्षी बताउँछन्
। अवैध रुपमा अमेरिकामा मानवतस्करी गर्दै आएका
गोपाल बुढाथोकी, रामकृष्ण कुवँर, मिलन लामाको
समूह पनि जुवा अखाडाका ग्राहक भएको स्रोत
बताउँछ । मानवतस्कर कुवँर, लामा र बुढाथोकीले जुवा
खोलाउन जुवाडे भेला पार्ने र अमर तमाङ, राम
लामाले खेल्ने ठाउँको चाँजोपाँजो मिलाउँने गरेको
जुवाडेहरु नै बताउँछन् ।
अपार्टमेन्ट र रिसोर्ट छाडेर केहीले घरमै पनि जुवा
अखडा सञ्चालन गर्दै आएका छन् । यसरी जुवा अखडा
सञ्चालन गर्नेमा डिल्लीबजारका प्रभुशमशेर राणा
अग्रपंक्तिमा आउँछन् । राणाले डिल्लीबजार
कालिकास्थानस्थित आफ्नै घरमा जुवा अखडा
सञ्चालन गर्दै आएका छन् । गत दशैँदेखि तिहारसम्म एक
महिनाको अवधिमा त्यहाँ एक अर्ब रुपैयाँ बराबरको
हारजीत भएको जुवाडेबीच चर्चा छ । मोबाईल
शैलीमा अखडा सञ्चालन हुने गरेको स्रोत बताउँछ ।
गौशाला राममन्दिरका लीला उप्रेतीले पनि ठूलै
जुवा अखडा सञ्चालन गर्दै आएका छन् । उप्रेतीले आफ्नै
निवास राम मन्दिर तथा भाडामा लिएका घरमा
जुवा सञ्चालन गर्दै आएका हुन् । एक दिन आफ्नो घरमा
अर्को दिन अर्को घरमा गर्दै उप्रेतीले २० वर्ष देखि
जुवाको खाल थाप्दै आएका छन् । उता ५ वर्षदेखि
सञ्चालित राणाको जुवाघरबारे नेपालका सबै
प्रहरीलाई सूचना भए पनि कसैले छापा मार्ने आँट
गरेका छैनन् । पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहका
भाइ हरिस सिंहलेसमेत जुवा अखडा सञ्चालन गर्दै
आएका छन् । सिंहले विशालनगरमा जुवा अखडा
सञ्चालन गरेका हुन् । सिंहको जुवा अखडामा
राजपरिवारका सदस्यदेखि मिटर राजा महेश सिंह,
गुण्डाका नाइकेकोसमेत जमघट हुने गरेको स्रोतको
दाबी छ ।
बानेश्वरमा रहेको नेत्रकमल छुनामुना
विद्यालयअगाडि मदनबहादुर कँडेलले जुवा अखडा
सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा
अखडामध्ये कँडेलको अखडा टपटेनमा पर्छ । जुवा
अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम
नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानुन
क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा
मदनबहादुर केसीलगायतका व्यक्ति जुवाका पारखी
भएको स्रोत बताउँछ । त्यस्तै, बौद्ध चुच्चेपाटीमा
खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा
सञ्चालन गर्दै आएका छन् ।
राजधानीमा लामो समयदेखि जुवा खेलाउँदै आएका
राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले
पटकपटक छापा मारे पनि लामा फुत्किदै आएका छन् ।
जुवाघरका सञ्चालक लामा लामो समयदेखि
राजधानीमा जुवा खेलाउँदै आएका व्यक्ति हुन् ।
प्रहरी र सेनाका अधिकृतको घर भाडामा लिएर
जुवा अखडा सञ्चालन गर्ने सिन्धुपाल्चोकका
नारायण खड्का पनि जुवा अखडा थाप्नेमा टप
फाइभमा पर्छन् । कमलपोखरीका किरण गौतमले पनि
जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गतवर्ष उनको
कमलपोखरी अखडामा प्रहरीले जुवा खेलाएको भन्दै
उनलाई समेत पक्राउ गरिएको अपराध खबर डटकमले
लेखेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved