भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तेज बन ,
सुनसरी ११ साउन – हिन्दुराष्ट्रको माग गर्दे
शनिबारबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हिन्दु
धर्मावलम्बीहरुले सोमबार आयोजना गरेको ३ घण्टे
चक्काजामका कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ
। बिभिन्न धार्मीक गितहरुमा नृत्य गरीरहेका
धर्मावलम्बीहरुलाई प्रहरीले सोमबार हस्तक्षेप गरेको
हो । इटहरी क्षेत्रमा धर्मको नाममा दिनै पिच्छे बन्द
र आन्दोलन हुन थालेपछि प्रहरीले सोमबारको बन्द
खुलाउने प्रयास गर्दा धर्मावलम्बीहरुसंग केही क्षण
भुठभेड.भएको थियो । मुठभेडकै क्रममा इलाका
प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी
बिनोद कुमार शर्माले नेपालको राष्ट्रिय झण्डाको
समेत दुई टुक्रा पारेका छन । आन्दोलनकारीले बोकेको
झण्डा खोसेर प्रहरीका प्रमुख डिएसपी शर्माले आफै
च्यातेका हुन । प्रहरीले जबरजस्ती खोसेर लगेको झण्डा
माग्दै आएका आन्दोलनकारीहरु र सारा
सञ्चारकर्मीहरुकै अघाडी डिएसपी शर्माले राष्ट्रिय
झण्डा च्यातेका हुन । बन्द खुलाउने क्रममा भएको
मुठभेडमा डिएसपी शर्माले आमा समानका महिला
इटहरी ४ की मञ्जु रेग्मिलाई लात्ती र लाठीको
बर्षात गरेका थिए । हिन्दु राष्ट्रको पक्षमा
नारावाजी गर्दे इटहरीको मुख्य चौकमा भेला भएका
हिन्दुधर्मवालम्बीहरुलाई प्रहरीले एकाएक हस्तक्षेप
गर्दा इटहरी केही क्षण तनावग्रस्त बनेको थियो ।
केहीक्षणको मुठभेड पश्चात बन्द खुलाउन पुगेको
प्रहरीटोलीलाई उल्टै आन्दोलनकारीहरुले घेराबन्दी
गरेका थिए । आन्दोलनका क्रममा डिएसपी शर्माले
च्यातेको झण्डा जस्ताको तस्तै फिर्ता गर्नुपर्ने र
लात्ती हानेको आमासमानकी महिला समक्ष माफी
माग्नुपर्ने माग गर्दे प्रहरी बिरुद्ध चर्को नारावाजी
समेत गरेका थिए । आन्दोलन पश्चात परिणत संघर्ष
समितीका मुख्य संयोजक नेपालका प्रख्यात युवा
सन्त श्रीनिवासाचार्यले शान्तिपुर्ण आन्दोलनमा
प्रहरीले गरेको हस्तक्षेपको ठाडो बिरोध गरेका थिए
।
कोणसभामा बोल्दै निवासाचार्यले नेपालका पूर्व
मन्त्री कृष्णबहादुर महरालाई बिदेशीदलालको संज्ञा
दिदै पुत्ला जलाएका थिए । शान्तिपुर्ण आन्दोलनमा
प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलनकारीहरुले
सोमबार इलाका प्रहरी कार्यालय इटहरीको
कार्यालय समेत घेराउ गरेका थिए ।
पत्रकारमाथी दुब्र्यवहार
यसै बिच हिन्दुधर्मावलम्बीहरु संग प्रहरीको मुठभेड
सम्बन्धि समाचार र तस्विर संकलनका कार्यक्रम सकेर
समाचार सम्प्रेसनका लागि कार्यालय तर्फ फर्कने
क्रममा पूर्वेली न्युजका सह सम्पादक तेज बन माथी
धर्मावलम्बीहरुले दुब्र्यवहार गरेका छन । सबै सामग्री
संकलन सकेर कार्यालय तर्फ फर्कने क्रममा
पश्चिमलाइनमा बाटो छेकेर बसेका केही अराजकत्वको
समुहले आफनो परिचयपत्र देखाउन भन्दै अपशब्द प्रयोग
गरेका थिए । उनिहरुले मुठभेडकै क्रममा तस्विर संकलन
गरीरहेका अन्य पत्रकारहरुलाई समेत गाली गलैज गरेका
छन । क्यामराले भिडियो खिच्नेमात्र हैन प्रसारण
पनि गर्नुपर्यो हैन भने यता आउन बन्द गरीनुपर्यो
जस्ता शब्दहरु बोली उपस्थित पत्रकारहरुमाथी
दुब्र्यवहार गरेका थिए ।

0 comments:
Post a Comment