Home » » टाउको फुटाए पनि राजतन्त्र फर्किदैन : खुमबहादुर

टाउको फुटाए पनि राजतन्त्र फर्किदैन : खुमबहादुर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेसका नेता खुमबहादुर
खड्काले हिन्दु राज्य हुँदैमा राजतन्त्र नफर्किने
बताएका छन्।
विश्व हिन्दु महासंघले आइतबार राजधानीमा
आयोजना गरेको संविधानको मस्यौदा र हिन्दु
अधिराज्य विषयक छलफलमा खड्काले भने, 'हिन्दु
धर्मलाई राजतन्त्रसँग जोडेर हेर्न आवश्यक छैन। राजतन्त्र
अब टाउको फुटाए पनि फर्किदैन। तर हिन्दु राज्य
स्थापित गर्नुपर्छ र हुन्छ।'
उनले हिन्दु धर्म सबै नेपाली र सिंगो नेपालको आस्था
र पहिचान भएकोले यसलाई कुनै पनि हालत मेटाउन नहुने
बताएका छन् । संविधानको मस्यौदामाथि सुझाव
दिने क्रममा पनि बहुमत जनताले धर्मनिरपेक्षता
हटाउनुपर्ने सुझाव दिएको बताउँदै उनले भने, 'धर्म
निरपेक्षता संविधानबाट हटाउनुपर्छ । यो हटेन भने
मुलुक फेरि विखन्डनमा जानेछ र धार्मिक द्वन्द्व सुरु हुने
छ।'
धर्मनिरपेक्षतालाई कायम राख्दा भारतलाई पनि
अप्ठ्यारो पर्ने भन्दै हिन्दु राज्यको पहिचान
स्थापित गर्न भारतले पनि सहयोग गर्नुपर्ने बताए ।
उनले भने, 'धर्मनिरपेक्षतालाई नहटाउने हो भने कांग्रेस
पनि पतन हुनेछ।'
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका
महामन्त्री दीपक बोहराले जनताबाट व्यापक सुझाव
आएकोले यो विषयमा अब जनमत संग्रह गर्नुपर्ने बताए।
कार्यक्रममा विशेष अतिथिका रुपमा बोलाइएका
भारतीय जनता पार्टीका विधायक योगी
आदित्यनाथले सबै नेपाली मिलेर हिन्दु राज्य
फर्काउनुपर्ने बताए । उनले हिन्दु धर्म र संस्कृतिमाथि
खेलवाड भइरहेको बताउँदै भने, 'हिन्दु धर्ममाथि
भइरहेको प्रहारलाई परास्त गर्न विश्वभरका हामी
सबै हिन्दु एक भएर लड्नुपर्छ।'
स्वामी कमलनयनाचार्यले पनि हिन्दु धर्मको
रक्षाका लागि अब सडकमै संघर्ष गर्नुपर्ने बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved