भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
४ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो
सोमबार । काठमाडौंको पशुपतिनाथलगायत
देशभरका शिव मन्दिरहरुमा श्रद्धालुहरुले विशेष भक्ति
र निष्ठापूर्वक पूजाआजा गरेका छन् ।
नवलपरासी, चितवन र तनहुको संगमस्थल पवित्र
देवघाटधाममा पनि भक्तजनको घुइँचो देखिन्थ्यो ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन
मानिन्छ । त्यसैले साउनको हरेक सोमबार
श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-
पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर
शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक
विश्वास छ ।
यस पटकको साउन महिनामा पाँच वटा सोमवार
परेको छ । पाँचवटा सोमबार परेको साउन महिना
झन् शुभ र पवित्र मानिन्छ ।
थप तस्वीर हेर्नुहोस्-
0 comments:
Post a Comment