Home » » ‘मैले आफ्नो शिव भेट्टाउनै सकिन्, गाँठ र आँट भा को चाहियो’

‘मैले आफ्नो शिव भेट्टाउनै सकिन्, गाँठ र आँट भा को चाहियो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

साउन ३ गते
गायिका कोमल ओलीको परिचय फरक छ । उनी
नायिका हुन्, समाचारवाचिका हुन् । गायनमा
अब्बल छिन् । सामाजिक काममा पनि उनको उस्तै
परिचय छ । यिनै गायिकाको साउने योजना के छ ?
हरिया चुरा, व्रत र अरु साउनसँग जोडिएका
विषयमा नयाँ पत्रिकाले उनीसँग गरेको
कुराकानीः
हिन्दू नारीहरू साउनमा हरियै बन्ने, मेहन्दी लगाउने
भन्छन् । साउन लाग्यो, तपाईंले हरियो चुरा र लुगा
लगाउनुभयो ?
हो नि । चलिआएको संस्कार हो । तर, आज मैले भने
लगाउन भ्याएको छैन । बिहानैदेखि निकै व्यस्त
हुनुपर्यो । घरमा भाउजूले हरियो चुरा किनेर
ल्याइदिएकी छिन् रे । मेरी मिल्ने साथीले पनि
भोलि चुरा गिफ्ट ल्याइदिन्छु भनेकी छिन् । भोलि
नै लगाउने हो ।
हिन्दू नारीहरू साउनमा हरियै बन्ने कारण थाहा
छ ?
साउन आयो, हरियो लगाउने भनेपछि त्यसै पनि
एउटा ऊर्जा प्राप्त हुँदो रहेछ । यसले सुन्दरता पनि
दिन्छ । पछिल्लो समय केहीले फेसनका रूपमा पनि
प्रयोग गरेका छन् । खासमा विवाहिताले
श्रीमान्को दीर्घायु र र अविवाहिताले सुयोग्य
पति पाऊँ भनी साउनमा हरियो चुरा, लुगा र
मेहन्दी लगाउँछन् । हिन्दू धर्मग्रन्थले नै यस्तो
व्याख्या गरेको छ ।
तपाईंलाई चाहिँ ‘शिव’ चाहिएन अब ?
होइन । नचाहिएर त होइन । शिवको अनुयायी नै हुँ ।
शिवको आत्मीयता सबैले बुझ्नुपर्छ । आफ्नो शिव
खोज्दै छु । तिज पनि आउन लाग्यो ।
यो वर्ष कस्तो गीत निकाल्नुहुन्छ ?
सबैसँग क्षमा माग्छु । यो वर्ष तिजको गीत गाउँदिनँ
। भावनात्मक रूपमै यो वर्ष गीत गाउने चाहना छैन ।
यो वर्ष मेरो समय भूकम्पपीडित दिदीबहिनीप्रति
समर्पित गर्न चाहन्छु । धेरै काम गरियो, अझै गर्न
बाँकी छ ।
तिजमा व्रत पनि नबस्ने ? किन नबस्ने नि ?
व्रत त बस्छु । गोजीमा गाँठ, मनमा आँट भा’को पाऊँ
भनेर शिवसँग आशीर्वाद माग्छु ।
कुनै वर्षको साउन महिना तपाईंका लागि एकदमै
खुसी या एकदमै दु:खी भयो ?
त्यस्तो त छैन । सामान्यतया: साउन महिना मन पर्छ
। पानी परेको मनपर्छ । मकैका पातमा परेको
पानीको आवाजले मेरो मन तान्छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved