भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एक १० वर्षकी बालिकाले स्कुलमै बच्चा जन्माएपछि
त्यसले सनसनी मच्चाएको छ । ब्राजिलको बेलो
होरिजोनेट क्षेत्रस्थित एक विद्यालयमा अध्ययनरत
१० वर्षकी छात्राले बच्चा जन्माएकी हुन् ।
कक्षा चलिरहेको बेलामै पेट दुख्यो भनेर चिच्याउन
थालेकी ती बालिकालाई सुरुमा त शिक्षकले आउँ
वा झाडापखाला तथा अपचका कारण पेट दुख्यो
होला भन्ने ठाने । तर जब उनको पेट निकै नै दुख्न
थाल्यो ।
शिक्षक शिक्षिकाहरुले पनि उनलाई राम्रोसँग हेर्दा
उनलाई बच्चा जन्माउने व्यथा लागेको थाहा भयो ।
त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो ।
अस्पतालमा ती बालिकाले सुरक्षित रुपमै बच्चा
जन्माइन् । उनले गर्भ रहेको ७ महिनामै बच्चा
जन्माएको बताइएको छ । मंगलबार बच्चा जन्मिएको
र अहिले आमा र बच्चा दुबैजना अस्पतालमै रहेको
बताइएको छ ।
अधिकारीहरुका अनुसार ती बालिकालाई उनको
सौतेलो बाबुले बलात्कार गरी गर्भवती बनाएको
आशंका गरिएको छ । ४० वर्षको सौतेलो बाबुले अवैध
रुपमा हतियार समेत राखेको र छोरीलाई धम्क्याएर
बलात्कार गर्ने गरेको बताइएको छ ।
ती बालिकाले आफुलाई सौतेलो बाबुले धम्क्याएर
बलात्कार गर्ने गरेको र त्यो कुरा भनेमा आमा र
दाइलाई मारिदिने धम्की दिने गरेको प्रहरीलाई
बताएकी छिन् ।
ती बालिकाकी आमाले भने आफुलाई छोरीको
गर्भका विषयमा कुनैपनि जानकारी नरहेको र
छोरीको पेट बढेको समेत नदेखेको बताएकी छिन् ।
तर गएको अक्टोबर देखि छोरी एकतमासको बनेको,
खासै बोल्ने नगरेको र स्कुलमा पनि राम्रोसँग पढाइ
नगरेको उनको भनाइ छ ।

0 comments:
Post a Comment