भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडाैं, साउन ११ । हास्य कलाकार दिपकराज
गिरिले जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनु
नहुने निर्णय गरेर कांग्रेसले राम्रो गरेको भन्दै ब्यङ्ग्य
गरेका छन् । गिरिले सोमबार बिहान सामाजिक
सञ्जाल फेसबुकमार्फत कांग्रेसप्रति ब्यङ्ग्यपूर्ण
टिप्पणी सार्वजनिक गरेका हुन् ।
गिरिले जनताबाट निर्वाचित कार्यकारी प्रमुख
हुनुपर्ने आशयसहितको आफ्नो भनाइ राखेका हुन् ।
गिरिले लेखेको फेसबुक स्टाटस यस्तो छ :-
आज म लेख्दैछु..
कांग्रेसले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी छानिने
जनताको चाहनाबिरूद्द जाने निर्णय गर्यो । सहि
गर्यो । कांग्रेस सहि छ यसमा ।
१) संवैधानिक राजतन्त्रको माला चुडियो
२)हिन्दू धर्ममा अडिग रहन सकेन
३) माओबादीका एजेन्डामा गिरिजाबाबुले आफ्ना
बिचार बिलय गराए ।
कांग्रेस अहिले भर्खर गॉऊबाट शहर पसेर पिज्जा खान
नजानेर गिजा पोलेको एउटा केटोको अबस्थामा
पुगेको छ । आफ्ना सबै सिद्धान्त त अरूमा बिलय
भैसक्यो । एउटा यो प्रतक्क्ष निर्वाचित
कार्यकारी चाहि उस्ले मान्नु हुन्न । १,२ जना
गगनबाहेक सबै कोहि बाउका नाममा नेता भाका छन्
। कोहि बिपिसंगै हिडेका भरमा नेता भएका छन् ।
कोहि गॉठ खर्च गरेर नेता भएका छन् ।
कोहि दक्षिण तिरको आशीर्वाद बाट नेता भएका
छन् । फ्याट्ट यो प्रणाली राखियो भने त
कांग्रेसका यस्ता नेताले ज़िन्दगीभर प्रधानमंन्ति हुने
मौक़ा पाउदैनन् । त्यसैले कांग्रेसको यो निर्णय उस्का
लागि १००% सहि छ । जयनेपाल ।

0 comments:
Post a Comment