Home » , » भेटियो ‘दोस्रो पृथ्वी’, नासाका वैज्ञानिकले पत्ता लगाए पृथ्वीजस्तै अर्काे ग्रह....

भेटियो ‘दोस्रो पृथ्वी’, नासाका वैज्ञानिकले पत्ता लगाए पृथ्वीजस्तै अर्काे ग्रह....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी, ७ साउन– अमेरिकी अन्तरिक्ष एजेन्सी
नासाका वैज्ञानिकहरुले एक ताराको कक्षमा
घुम्ने पृथ्वीको आकारको दोस्रो ग्रह पत्ता
लगाएका छन् । यो ग्रह सौर्यमण्डल भित्रै रहेको छ र
यसमा पानी भएको सम्भावना भेटिएको पनि
वैज्ञानिककले बताएका छन् ।
शोधबाट मिलेको संकेतअनुसार पृथ्वीमा जस्तै यो
ग्रहमा पनि चट्टान हुनसक्ने अनुमान गरिएको छ ।
पृथ्वीभन्दा बाहिर जीवन खोजने नासाको
प्रयासमा यो खोज महान् हुने ठानिएको छ ।
बाहिरी ग्रहको खोजीमा लागेको स्पेस
टेलिस्कोपको यस खोजको बारेमा जानकारी
दिन बिहीबार नासाले पत्रकार सम्मेलन गर्नसक्ने
बताइएको छ ।
यस टेलिस्कोपको सन् २००९ मा सार्वजनिक
गरिएको थियो । केपलरले अहिलेसम्म हजारभन्दा
बढी ग्रह खोजिसकेको छ । ०.९५ व्यासभएको यो
टेलिस्कोपले करिब एक लाख ताराको चमक माथि
निगरानी रख्दछ । यासले कुनै ताराको चमक कम
भएको रेकर्ड राख्ने गर्दछ । कुनै ताराको चमक तब कम
हुन्छ जब कुनै ग्रह उसको कक्षमा घुम्दै सम्मुखमा आउँछ ।
सन् २०१५ मा केपलरले जीवनको सम्भावना भएका
आठ वटा नयाँ ग्रहको खोजी गरेको छ । यसभन्दा
पहिले पृथ्वीजस्तै दुई ग्रह केपलर ४३८ बि र केपलर ४४२
बि ग्रह पत्ता लगाएको थियो तर यी दुवै ग्रहको
आकार पृथ्वी भन्दा कयौं गुणा ठूला थिए । यी
ग्रहहमा अत्याधिक गर्मी भएका कारण जीवनको
सम्भावना कम भएको बताइएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved