भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ७ साउन– नयाँ संविधानमा नेपालको
सिमाना स्पष्ट हुने गरी राख्न आदेश दिन माग गर्दै
बुधबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल
जोशीले पेस गर्नुभएको रिट निवेदनमा नेपालको
भूभाग स्पष्टसँग किटान गरेर मात्र त्यसको विस्तृत
विवरण संविधानको अनुसूचीमा राख्न माग
गरिएको छ ।
नयाँ संविधानको मस्यौदामा स्पष्ट रुपमा
नेपालको भूभाग भन्नाले यति वर्ग किलोमिटरको,
यहाँदेखि त्यहाँसम्म, पूर्व–पश्चिम, उत्तर–दक्षिण
फैलिएको लिपूलेक, कालापानीसहितको भूभाग
हो भनी स्पष्ट किटान गर्न रिट निवेदनमा माग
गरिएको छ ।
रिट निवेदनमा उल्लेख गरिएको छ, “नेपालको
भूभागको विस्तृत विवरण र क्षेत्रफल खुलेको नक्सा
तथा अन्य प्राविधिक सूचना विवरणसहितको
अनुसूचीसमेत मस्यौदामा सङ्लग्न गरी त्यस्तो
मस्यौदा मात्र संविधानको विधेयकको रुपमा
संविधानसभामा पेस गर्नु भनी आज्ञा आदेश वा
पूर्जी जारी गरी पाऊँ ।”
पेस भएको सो रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने
सम्बन्धमा गरिएको अध्ययन नसकिएकाले त्यसको
टुङ्गो बिहीबार लाग्ने बताइएको छ ।

0 comments:
Post a Comment