भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साउन ३ गते
– बिश्वास खड्काथोकी
भाइवर, फेसबुकमा म्यासेज आउँछ, ‘मलाई पेनिस,
टाइटेनिङ जेल ल्याइदिनुपर्यो ।’ तर, उनले आफ्नो
नाम सत्य बताउँदिनन् । साथी अथवा आफन्तलाई
चाहिएको बताउँछन् । आफ्नो फोन नम्बर पनि
भाइबरमै हालिदिन्छन । र, त्यो सामान ल्याउनका
लागि घर बाहिरको एक्लो ठाउँमा पुग्छन् ।
यस्तो सामान मगाउने युवतीहरु हुन् । पेनिस सम्भोग
गर्ने कृत्रिम साधन हो भने टाइटेनिङ जेलले योनीलाई
टाइट बनाउने काम गर्छ । अनलाइन बिजनेश ‘मेरो
सपिङलाई’ दिनकै यस्ता म्यासेज र अर्डरहरु आइरहन्छन्
।
समयको रफ्तारसँगै मानिसको जीवनशैली र दैनिकी
पनि फेरिँदो छ । फेरिँदो जीवनशैलीसँगै सेक्सका
नयाँ नयाँ तरिकाहरु बिकसित हुँदैछन् । सम्भोगका
यस्ता कृत्रिम साधन प्रयोगमा नेपाली युवती पनि
अभ्यस्त बन्दैछन् ।
सेक्सटोयहरुको प्रयोग पुरुषले भन्दा महिलाले बढी
गर्ने मेरो सपिङको व्यापारले देखाउँछ । यतिसम्मकी
१७ वर्षका युवतीहरुले समेत टाइटनिक जेल मगाउँछन् ।
अधिकांश १७ देखि २५ वर्षसम्मका युवतीमा यसको
आकर्षण रहेको छ ।
‘सेक्स टोय’का पनि विभिन्न सामाग्री विकसित
भएका छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना
मसाजरको सामाग्री नेपाली बजारमा छ । यस्तै
सामग्रीको बढी अर्डर आउने मेरो सपिङका संचालक
सिताराम रिमालले दैनिक नेपाललाई बताए । उनका
अनुसार, काठमाडौं, धरान, पोखरा, विरगञ्ज, बुटवल
झापाका युवतीहरुबाट यस्ता सामग्रीको निकै
अर्डर आउने गरेको छ ।
रिमालका अनुसार, यस्ता सामग्रीहरु महिनामा
५०, ६० वटा बिक्री हुने गरेको छ । एक पटक महिनामा
एक सयभन्दा बढी सामाग्री बिक्री भएको उनले
बताए । गत एक वर्षदेखि सेक्सटोयहरुको माग
अत्याधिक रुपमा आउन थालेको रिमालको अनुभव छ
।
पुरुषहरुले भने यौन बद्र्धक औषधीको माग गर्छन् । कसैले त
सम्बन्धित ठाउँमै पुगेर ल्याउँछन् । मेरो सपिङका एक
कर्मचारीले भने, ‘कतिपयले त यस्ता औषधीको पनि
माग गर्छन्, जुन औषधी बेच्न सरकारले अनुमति नै
दिएको छैन ।’
युवतीमै किन आकर्षण ?
अहिलेका अधिकांश युवतिहरुले बिहे अगाबै
सेक्ससम्बन्ध राख्ने गर्दछन् । बिहेपछि आफ्नो
लोग्नेसामु भर्जिनिटी प्रस्तुत गर्नसमेत टाइटनिक
जेलको प्रयोग गर्ने पाइएको मेरो सपिङका
कर्मचारीहरुको अनुभव छ । कम उमेरका युवतीहरुले समेत
यस्ता सामग्री मगाउने भएकाले, उनीहरुले यौन
क्रियाकलापलाई आनन्ददायी बनाउन टाइटनिक जेल
प्रयोग गर्ने अनुमान लगाउन सकिन्छ ।
कतिपर्छ मूल्य ?
पेनिस भाइब्रेटरको मूल्य तीनदेखि छ हजार रुपैयाँसम्म
पर्छ भने एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा
भेजिना जेल प्राप्त गर्न सकिने मेरो सपिङले जनाएको
छ ।
भारतीयले समेत नेपालबाटै मगाउँछन्
यस्ता सेक्स टोयहरुको भारतीयहरुमा समेत उत्तिकै
आकर्षण छ । उनीहरुले आफ्नो प्रडक्टहरु मगाउने गरेको
मेरो सपिङले बतायो । भारतमा यस्ता सामान
प्रयोग गर्नलाई गैरकानूनी मानिन्छ । त्यसैले गर्दा
नेपालबाट उनीहरुले सेक्सटोय मगाउने गरेको छन् ।
अधिकांश तराईका जिल्लाहरुमा सेक्स सामग्री
जाने गरेको पनि मेरो सपिङले जानकारी दियो ।
दैनिक नेपाल बाट

0 comments:
Post a Comment