Home » » ‘बजरंगी भाईजान’को आक्रामक व्यापार, दुई दिनमै तोड्यो रेकर्ड....

‘बजरंगी भाईजान’को आक्रामक व्यापार, दुई दिनमै तोड्यो रेकर्ड....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । शुक्रबारबाट प्रदर्शनका आएको बलिउडका
अभिनेता सलमान खानको फिल्म ‘बजरंगी
भाईजान’ले कलेक्शनमा नयाँ रेकर्ड कायम गरेको छ ।
पहिलो दिनमै रेकर्ड ब्रेक गरेको फिल्मले दोस्रो
दिन साबै रेकर्ड ध्वस्त पारेका हो । कारोबारको
रफ्तार यही रहने हो भने भारतमा सबैभन्दा बढी
कमाउने नाम पनि फिल्मले पाउनेछ । र ‘बजरंगी
भाईजान’ले सय करोड़को आँकडा पार ग¥यो भन्ने
खबर पनि सुन्न पाइनेछ ।
फिल्मले पहिलो दिन २७.२५ करोड रुपैयाँको
कारोबार गरेर वर्षकै सबैभन्दा ठूलो रकमको ओपनिङ
ग¥यो र पछिल्लो वर्ष ईदमा प्रदर्शनमा आएको
सलमानको ‘किक’को रेकर्ड पनि तोडेको हो ।
ईदको अवसर पारी रिलीज भएको फिल्म ‘बजरंगी
भाईजान’ले कमाईको रफ्तारमा तिव्रता
दिईरहेको छ । बलिउड फिल्म व्यवसाय विश्लेषक
तरण आदर्शका अनुसार फिल्मले दोस्रो दिन,
पहिलो दिन (२७.२५ करोड़)भन्दा पनि बढी कमाई
गरेको छ ।
बजरंगी भाईजानले दोस्रो दिन ३६.५० करोडको
कारोवार गरेको हो । फिल्मले दुई दिनमा कुल
६३.७५ करोड़ रुपैयाँ कमाएको छ । साथै गत वर्षको
ईदमा प्रदर्शनमा आएको सलमानको फिल्म
किकको कलेक्सन रकर्ड पनि तोडेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved