भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, साउन १०– ‘नेपालको संविधान, २०७२
प्रारम्भिक मस्यौदा’माथि जनताले दिएका प्रमुख
सुझावलाई समेटेर संविधान निर्माण प्रक्रिया
अगाडि बढाउन प्रमुख चार शक्ति सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख
चार दलको बैठक जनताले दिएका सुझावहरु सकेसम्म
समेट्ने विधि र प्रक्रियाका विषयमा केन्द्रित रहेको
बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)
का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।
सुझाव सङ्कलनको क्रममा आएका प्रत्यक्ष निर्वाचित
प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने,
प्रदेशको सीमाङ्कन र नामाङ्कन टुङ्ग्याउनुपर्ने,
वडाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने, हिन्दू
राष्ट्र वा धार्मिक स्वतन्त्रता लेखिनुपर्ने, निर्वाचन
प्रणालीमा मतसीमा (थ्रेसहोल्ड)को व्यवस्था
गर्नुपर्नेलगायत प्रमुख सुझावलाई समेट्ने बारे
शनिबारको सो बैठकमा छलफल भएको उनले बताए ।
सविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव
समितिले यही साउन ४ र ५ गते देशव्यापी रुपमा संकलन
गरेको मस्यौदा माथिको जनताको सुझावलाई
यथासम्भव बढीभन्दा बढी समावेश गरी साउनभित्रै
संविधान जारी गर्न बैठकमा चार पक्ष सहमत भएका हुन्
।
यसैबीच आज बिहान पुनः चार दलका शीर्ष नेताको
बैठक बसी सबै विषयमा बृहत छलफल गरी टुङ्गोमा पुग्न
कोसिस गरिने बताइएको छ ।

0 comments:
Post a Comment