भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं , साउन १० - ‘ सर्पको खुट्टा सर्पले नै देख्छ ।’
नेपालीमा एउटा उखानै छ । तर ब्राजिलमा सर्पले
मात्र होइन मान्छेले पनि देख्ने खुट्टा भएको सर्प
भेटिएको छ । ब्राजिलमा पहिलो पटक चार खुट्टा
भएको सर्प फेला परेको हो ।
तर यो खुट भएको सर्प जीवित भने भेटिएको होइन ।
वैज्ञानिकले झण्डै ११ करोड वर्ष पुरानो अवशेष भेटेका
हुन् । सर्पको यो चार खुट्टा शिकार गर्नका लागि
प्रयोग हुने गरेको वैज्ञानिकले अनुमान लगाएका छन् ।
यो तथ्यले सर्पको विकास पानीमा नभई जमिनमा
भएको हुन सक्ने आधार तय भएको छ । यो सर्पको
अवशेषलाई लिएर अहिल बैज्ञानिक माझ बहस चलेको
छ । उनीहरुका अनुसार चार खुट्टे यो सर्पको अवशेष
सबैभन्दा पुरानो हो ।

0 comments:
Post a Comment