Home » » अख्तियार प्रमुखको गाडीले जाम गरेको फोटो खिच्दा कुटिए पत्रकार

अख्तियार प्रमुखको गाडीले जाम गरेको फोटो खिच्दा कुटिए पत्रकार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झोला र मोटरसाइकल खोसियो
काठमाडौँ ११ श्रावण । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की
चढेकोको गाडीले अख्तियार गेट अगाडि ट्राफिक
जाम गरेको दृश्य खिच्दा पत्रकारमाथि हातपात
भएको छ । पत्रकार संदिप योगीलाई अख्तियार
दुरुपयोग अनुसंधान आयोगका कर्मचारी तथा
प्रहरीहरुले हातपात गरेका हुन ।
सुरक्षाकर्मीले योगीमाथि कुट्पिट गर्दै उनको
झोला, क्यामरा र मोटर साइकल नियन्त्रणमा
लिएका थिए । सुरक्षाकर्मीले झोला र मोटर साइकल
नियन्त्रणमा लिए पनि पत्रकार योगीलाई भने
बाटोमा हिँड्ने बटुवाहरुले बचाएका थिए ।
पत्रकार योगी इमेज न्युज एफएम, हाम्राकुरा डट कम र
चुरेकुन्ज साप्ताहिकमा आबद्द छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved