भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल साउन ९ गते। शनिबार। इश्वी सन्
२०१५ जुलाई २५ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रियजनसँगको भेटघाटले दिन
रमाइलो बनाउनेछ। नयाँ ज्ञान
सिक्ने मौका छ। व्यापार–
व्यवसायमा विशेष लाभ लिने
समय छ। व्यावसायिक यात्रा
सम्भावना छ। दाम्पत्य जीवन रमइलो रहनेछ।
आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन
जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले
जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको
मन लोभ्याउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न
सकिनेछ। मेहनतले प्रतिस्पर्धाको
दौड जिताउन सक्छ। भौतिक
साधन जुट्नेछन् र दिगो फाइदा
हुने काम सुरु हुन सक्छ।
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने
बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका
लागि मात्र समय उत्साहजनक रहनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयको गतिलाई पछ्याउन
नसक्दा अलि दुःख पाइएला।
भौतिक साधन बिग्रनाले पनि
लक्ष्य प्राप्त गर्न नसकिएला।
अप्ठ्यारा परिस्थितिसँग
सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको
सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन
सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने
हिम्मत पलाउनेछ। स्वाथ्यका लागि खानपानमा
सावधान रहनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सामाजिक काममा फाइदा
होला। घर–गृहस्थीमा भने
समस्या आउन सक्छ।
परिवारजनसँग असमझदारी
बढ्नुका साथै साथै काममा
बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य
राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको
उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र
जमिनबाट पनि सामान्य लाभ होला। तर,
अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सहयोगीहरूले राम्रो साथ
दिनेछन्। रोकिएका काम बन्ने र
नयाँ काम सुरु गर्ने समय छ।
उद्योग र व्यापारमा विशेष
फाइदाको योग छ। शत्रुहरू
परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न
सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको
उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र
व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।
प्रशस्त धन आर्जन गर्ने मौका छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सजिलै काम बन्नाले उत्साह
जाग्नेछ। सानो प्रयत्नले ठूलो
काम सम्पादन हुनेछ। एउटै
कामबाट दोहोरो लाभ
मिल्नेछ। गरेका कामबाट धेरैलाई
फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ
दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा
प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी
बन्ने मौका छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पहिलेको सफलताले थप काम गर्न
हौसला मिल्नेछ। नयाँ कामको
प्रस्ताव आउनेछ। तपाईंलाई
अभिप्रेरित गर्नेहरू प्रशस्तै
भेटिनेछन्। मनग्य धन आर्जन
होला। विछोडिएका परिवारजनसँग भेटघाट
हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ।
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको
आनन्द पाइएला। विगतका कमीकमजोरीलाई
पनि सुधार गर्ने मौका छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
(Scorpio)
अवसरको खोजीमा केही
दौडधूप गर्नुपर्ला। फाइदाका
पछि लाग्दा साथीभाइसँग
असमझदारी बढ्न सक्छ। खर्च
बढ्नुका साथै आर्थिक अभाव
देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने
सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि
कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले
केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम
लिनुपर्ने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आम्दानी सामान्य भए पनि
ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम
हातलागी भए पनि तत्काल
खर्चनुपर्ला। कृषि, पशुपालनमा
आदिमा पनि सामान्य
फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि
प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र
सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम
प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने
समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
(Capricorn)
प्रतिष्ठित काम गरेर धेरैको मन
लोभ्याउन सकिनेछ। विशिष्ट
व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
अरूलाई प्रभावित पारेर काम
बनाउने समय छ। आफ्नो क्षेत्रमा
प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा
पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम
गर्ने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
आँटेको काम समयमा गर्न
नसकिएला। अरूका काममा समय
बित्न सक्छ। तापनि, धेरै
प्रयत्नपछि केही काम बन्न
सक्छन्। सहयोगीहरूले साथ
दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको
काम बन्नाले उत्साह जाग्नेछ। सम्पादित
कामबाट धेरैलाई फाइदा पुग्न सक्छ।
अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्।
व्यावसायमा खर्च बढ्न सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कामका लागि गरिएको
भ्रमणमा समय मात्र बित्नेछ।
समस्या थपिन सक्छन्।
सानातिना काम र घरेलु
समस्यामै अल्झनुपर्ने देखिन्छ।
स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ।
उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी
र लेनदेनमा विवाद होला। व्यावसायिक
काममा पनि विभिन्न समस्या आउन सक्छन्।
इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।

0 comments:
Post a Comment