Home » » जसले बाटामा भेटिएको ३ लाख ५० हजार फिर्ता गरे.....

जसले बाटामा भेटिएको ३ लाख ५० हजार फिर्ता गरे.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दुबईमा बस्ने नेपालीले हराएको करिब ३ लाख ५०
हजार रूपैयाँ एक पाकिस्तानी व्यक्तिले स-कुशल
फिर्ता गरेका छन्।
कुरा एक वा दुई सयको होइन, एक दुई हजार पनि होइन,
पूरै १२ हजार ७ सय दिराम्स। नेपालीमा लगभग ३ लाख
पचास हजार । शुक्रबारे छुट्टीमा अजमान एरियामा
रहेका पाकिस्तानी नागरिक मोहम्द अयुबले एक पर्स
भेटे।
उक्त पर्समा नगद १२ हजार ७ सय थियो। साथमा
इमिरेटस आइडी, पताका र अन्य कागजपत्रहरू। पैसाकै
लागि परदेशिएका जोकोहीका लागि त्यो रकम
अचानक हात लाग्दा खुसीको पारो चढ्न सक्छ।
लामो समयदेखि अजमानको एक निर्माण कम्पनीमा
कार्यरत लाहोर निवासी अयुबले पर्स भेटेपछि उनकै
भाषामा भन्दा ‘खुसी होइन, दुःख लाग्यो’ ।
दुःखसँगै यो पैसा कसरी सम्बन्धित मानिससम्म
पुर्याउने भन्ने हुटहुटी पनि जाग्यो। बिरामी आमा र
बिहे गर्न योग्य बहिनीको लागि संघर्ष गरिरहेको
बताउने अयुबले भेटेको पर्सभित्र एउटा भिजिटिङ
कार्ड थियो। कार्डमा नाम थियो रामप्रसाद गैरै,
सेल्सम्यान, टिनो होल्डिङ एलएलसी।
कार्ड सँगै रहेको मोबाइलमा कल गर्दा भेटिए
स्याङ्जा बालिडका गैरे।
कोठा सर्ने सिलसिलामा पर्स हराएपछि गहिरो
तनावमा भएका गैरेले पर्समा केही आफ्नु र अधिकांश
रकम कम्पनीको बोकेका थिए। करिब २४ घन्टासम्म
पर्स नभेटिएपछि आशा मारिसकेका थिए गैरेले। तर,
उनको मोबाइलमा अपरिचित नम्बरबाट कल
भोलिपल्ट आएको थिय । धेरै निराशा र थोरै आशा
बोकी फोन रिसिभ गर्दा पर्स भेटिएको सूचना
दिइरहेका थिए अयुबले। गैरेको निराशा स्वात्तै
घट्यो, अनि तीन फुट माथि उफ्रिए कराउँदै।
केहीबेरमा सकुशल पर्स लिएका अयुब र गैरेका साथ
रहेका नेपाली साथीहरुको भेट भयो । गैरेले मोहम्मद
अयूबको इमानदारिताको प्रसंशा गरे । गैरेले पुरस्कार
स्वरुप ५ सय दिराम्स दिँदा पनि उनले स्वीकार्न
मानेनन्। ‘आफ्नो पाखुराले गरेको र पसिना बगाएर
कमाएको मात्र पवित्र कमाई हुन्छ र त्यो पैसा मात्र
आफ्नु हुन्छ’ भन्ने मान्यता रहेको अयुबले बताए।
नैतिकताको संकट र इमानदारिताको खडेरी परेका
बेला यूएईको अजमानमा भएको यस घटनाले सबैलाई
आश्चर्य र हर्समा पारेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved