Home » » भारतले प्रचण्डलाई बोलाउनुको गम्भीर कारण यस्तो पो रहेछ, थाहा पाउनुहोस...

भारतले प्रचण्डलाई बोलाउनुको गम्भीर कारण यस्तो पो रहेछ, थाहा पाउनुहोस...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२२ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले
नेपालको राजनीतिक अवस्था बुझ्न पूर्वप्रधानमन्त्री
समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका
लागि आमन्त्रण गरेका छन्।
कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार
फोरम लोकतान्त्रिकका वीचमा जेठ २५ गते राती १६
बुँदे सहमति गर्ने वेलामा भारतीय जनता पार्टीका
नेता दिनेश उपाध्यायको टेलिफोनलाई ‘ रेस्पोन्स ’
नगरेपछि मोदीले दाहाललाई भारत भ्रमणको
निमन्त्रणा गरेको स्रोतले बतायो।
स्रोतका अनुसार मोदीका बिशेष सहयोगीका रुपमा
उपाध्यायले प्रधानमन्त्री सुशील कोइराला , एमाले
अध्यक्ष केपी शर्मा ओली र दाहाललाई १६ बुदे
सहमतिका बारेमा बुझन टेलिफोन गरेका थिए ।
कोइराला बाहेक ओली र दाहालले उपाध्यायको
टेलिफोन ‘ रेस्पोन्स ’ नगरेको स्रोतले बतायो ।
स्रोतका अनुसार १६ बुदे सहमतिपछि मोदीले आफनो
विदेशबिभागसँग सम्बद्ध अधिकारीहरुको बैठक राखेर
नेपालको परिवर्तित राजनीतिक अवस्थाका बारेमा
समीक्षा गरेका थिए । नेपाल मामिलामा पश्चिमा
शक्ति राष्ट्र र चीन हावी हुँदै गएको बिश्लेषणपछि
नेपाली राजनीतिका बारेमा‘ यथार्थ बुझन ’ मोदीले
दाहालसँग छलफल गर्न चाहेको स्रोतले बतायो ।
भारत, चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी
र १६ बुदे सहमतिपछिको राजनीतिक परिस्थितिलाई
एजेण्डा बनाएर छलफल गर्न मोदीको निमन्त्रणालाई
स्वागत गर्दै दाहाल असारको अन्तिम साता भारत
भ्रमणमा जान तयार भएका हुन ।
दाहालले भने १६ बुदे सहमतिपछि अघि बढेको संविधान
निर्माण प्रक्रियाले नेपालमा राजनीतिक स्थिरता
आउने बिश्वास दिलाउदै मोदीलाई भारत, चीन र
नेपालका वीचमा त्रिदेशीय समझदारी बनाएर अघि
बढन उपयुक्त हुने तर्क राख्ने एमाओवादीका एक नेताले
बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved