Home » » नेपालमा अनिष्ट हुने भविष्यबाणी गरेर रुँदै अमेरिका उडे आदित्य (फोटो फिचरसहित)

नेपालमा अनिष्ट हुने भविष्यबाणी गरेर रुँदै अमेरिका उडे आदित्य (फोटो फिचरसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, ७ साउन– गुगल ब्वायका रुपमा
चिनिएका बालक आदित्य दाहाल उपचारका लागि
अमेरिका गएका छन् ।
आदित्य पारिवारिक सदस्यका साथ बिहीबार
उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरिका उड्नुअघि उनी त्रिभुवन अन्तार्राष्ट्रिय
विमानस्थलमा आँसु झारेका थिए ।
आदित्यलाई विशिष्टहरु प्रवेश गर्ने द्वारबाट भित्र
लगिएको थियो । शारीरिक रुपमा असक्त
आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार
गराइए पनि सम्भव भएको थिएन ।
उनकै इच्छामा परिवारले अमेरिका लगेको हो ।
सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च
व्यहोर्ने निर्णय गरिसकेको छ ।
आदित्यका बाबु शेषराज दाहालले
क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा
उपचार हुनेछ । आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण
रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका छैनन् ।
पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी
नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान,
जापानीज भाषामा लेख्न सक्छन् ।
बाबु शेषराजका अनुसार आदित्यले आफू एक
महिनापछि फर्कंदा मुलुकमा आमुल परिवर्तन आएको हुने
दाबी गरेका छन् ।
‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा
अनिष्ट हुन्छ भनेर लेखेको छ’, भेशराजले काठमाण्डु टुडेसँग
भने ।
यद्यपि आदित्यले कस्तो प्रकारको आमुल परिवर्तन वा
अनिष्ट आउने हो भन्नेबारे स्पष्ट नगरेको उनले बताए ।
via/kathmandutoday
बाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved