भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय
अवस्थामा चाँयापोतोको समस्याले निकै नै सताउँछ
। मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि
बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् ।
अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन
चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख
कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा
पनि चाँयापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ
। अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा
भनिन्छ । हर्मोनको प्रयोग र शरीर भित्रका
कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले
पुष्टि गरिसकेको छ । महिलाहरुमा गर्भनिरोधक
चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले
चाँया पोतो आउने हुन्छ । चाँयापोतोबाट बच्नको
लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ
। महिलामा विशेष कारणहरु जस्तै महिनावारी
रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ ।
त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी
पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।तसर्थ
चाँयापोतोको कारण पत्तालगाएर त्यसको उपचार
गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न
सकिन्छ । चाँया हटाउने उपाय विभिन्न छन् ।
औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर
प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ । भित्री
छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने
चाँया गरि यी दुई प्रकारको हुन्छ । छालाको
माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट
निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया
औषधिबाट निको हुन समय लाग्छ । यसको लागि लेजर
प्रविधि अपनाउनु पर्छ । यसका साथै सन ब्लकको
प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो ।
क्रिम लगाउने तरिका ? घामबाट अनुहारलाई
जोगाउन क्रिम लगाउने भन्न सजिलो छ तर यो
अप्ठेरो कुरा हो । घामबाट जोगाउने क्रिमहरूमा
एसियन स्किनको लागि साधारणतया १५–३०
नम्बरका क्रिमहरू पाइन्छन् । धेरै गोरो छाला छ भने,
४०–५० नम्बरको र धेरै कालो छालाको लागि १५ वा
८ नम्बरको क्रिम प्रयोग गर्नुपर्छ । साथै चिल्लो
छाला भएकाहरूले चिल्लो नभएको सन ब्लकको प्रयोग
गर्नुपर्छ र यदि सुख्खा छाला छ भने चिल्लो भएको
सन ब्लक प्रयोग गर्नुपर्छ । तर पनि यस प्रकारका क्रिम
लगाउने तरिका मुख्य कुरा हो । बाहिर
ननिस्किएपनि वा घाम नै नलागेको दिन भए पनि
बिहान सन ब्लक क्रिम लगाउन जरुरी छ जुन ४–५
घण्टाको लागि काम गर्छ । यदि बाहिर जानु प
¥यो वा घाममा हिँड्नु प¥यो भने त्यसमा अरु ५ एमएल
लगाउनु पर्छ । विधि पु¥याएर सन ब्लक लगाउन सकिएन
भने घामबाट बच्न सकिँदैन र फेरि चाँया आउछ । कुनै
पनि संसारको औषधिले चाँया आउने रोक्न सक्दैन तर
भएको चाँया हटाउन सक्छ यदि घामबाट अनुहारलाई
जोगाउने क्रिम लगाउन सकेमा । डा.अनिलकुमार झा
वरिष्ठ चर्मरोग विशेषज्ञ हुन

0 comments:
Post a Comment