भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, श्रावण २४ - विशेष समितिले कायम
गरेको सिमांकन अनुसार नयाँ प्रदेश निर्माण हुँदा
जम्मा ३ जिल्ला टुक्रिन्छन्, बाग्लुङ, नवलपरासी र
रुकुम । टुक्रिने जिल्ला मध्ये बाग्लुङमा यसको विरोध
भएको छ । आइतबार बाग्लुङ जिल्ला बन्द गरिएको छ
। तर, यता नवलपरासीमा भने जिल्ला टुक्रिएकोमा
खुशी मनाइएको छ ।
कान्तिपुरका बाग्लुङ संवाददाता प्रकाश बरालका
अनुसार बाग्लुङ जिल्ला आज बन्द छ । मुख्य बजारमा
गाडी चलेका छैनन्, पसल बन्द छन् । नयाँ सिमाकंन
अनुसार बाग्लुङ बजार प्रदेश नं ४ मा पर्नेछ भने ढोर
पाटन र बुर्तिबाङ प्रदेश ५ मा पर्नेछ । ढोरपाटन
विनाको बाग्लुङ जिल्ला हुन नसक्ने भन्दै यो
विभाजनको विरोध गरिएको छ । सिमांकन अुनसार
क्षेत्र नं ३ प्रदेश ५ मा पर्छ ।
जिल्लाका सबैजसो राजनीतिक दल र उद्योग
वाणिज्य महासंघले बन्द गरेका हुन् । संविधानसभा
निर्वाचनमा भाग नलिएका नेकपा एकीकृत र नेकपा
माअोवादीसमेतले यो बन्दलाई समर्थन गरेका छन् ।
यता नवलपरासीमा भने जिल्ला विभाजनलाई लिएर
खुशी व्यक्त गरिएको कान्तिपुर संवाददाता
नारायाण शर्माले जनाएका छन् । खासगरी दाउन्ने
पूर्वको क्षेत्रमा खुशी मनाइएको छ ।
नवलपुर र परासी जोडेर नवलपरासी बनाइएको यो
जिल्ला टुक्राउनु पर्ने माग पहिलेदेखि नै गरिदै
आइएको थियो । नयाँ सिमाकंन अनुसार दाउन्ने
पूर्वको नवलपुर क्षेत्र प्रदेश ४ मा पर्नेछ भने परासी क्षेत्र
प्रदेश ५ मा पर्नेछ । यो विभाजनले नवलपरासीका
पूर्वी पहाडी क्षेत्रका करिब २ लाख बासिन्दाले
सदरमुकाम परासी पुग्न २ दिन हिँड्नु पर्ने बाध्यता
थियो । अब त्यो हट्ने आश गरिएको छ ।
0 comments:
Post a Comment