भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाली रङ्गिन दुनियामा दिन प्रति दिन नयाँ
नयाँ अनुहार को आगमन भैरहेको छ । फिल्म क्षेत्रमा
भबिष्य खोज्दै प्रबेश गर्ने र लामो समय देखि नै सँर्घष
गर्ने हरु को सँख्या पनि थुप्रै छ ।
झापा स्थायि घर भएर बिगत चार बर्ष देखि निरन्तर
सँर्घष गरिरहेकि १९ बर्षयि नव नायिका सुजना ढकाल
चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको
बताउँछिन् । उनले आकँक्षा बस्यालको स्वरमा रहेको
तिमिले त जे गरे पनि बोल को म्युजिक भिडीयो
पहिलो पटक अभिनय गरिन् त्यस यता ३६ वटा म्युजिक
भिडियो मा अभिनय गरिसकेकि छन् । सुजना ले ३
वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् ।
अभिनय गरेका कुनै पनि चलचित्र हरु प्रर्दशनमा नआउँदा
दर्शक हरुले उनको अभिनय हेर्न पाएका छैनन् । हालै उनि
रिमेश अधिकारी को लगानि तथा शिबम्
अधिकारी को निर्देशन मा रहने ऐतिहासिक
चलचित्र नालापानिको लागी मुख्य नायिका को
रुपमा अनुबन्धीत भैसकेकि छन् ।

0 comments:
Post a Comment