भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १० भदौ ।
कैलाली हत्याकाण्डमा नेपाल प्रहरीका अतिरिक्त
महानिरीक्षक गणेश राईको भूमिका सन्देहास्पद
देखिएको छ । गत सोमबार जातिय राज्य माग गर्दै
एकथरी मानिसले आक्रामक प्रदर्शन गर्न थालेपछि
नेपाल प्रहरी भीड नियन्त्रणका निम्ति परिचालन
हुँदै थियो ।
त्यसक्रममा कार्यविभाग सम्हालिरहेका एआईजीपी
गणेश राईले एसएसपी लक्ष्मण न्यौपानेलाई
बिनाहातहतियार आफँै फिल्डमा जान र
सम्झाइबुझाई मात्र गर्न निर्देशन दिएको
सुदूरपश्चिमाञ्चलको कमाण्ड सम्हालिरहेका
डीआईजी रामकुमार खनालनिकटको सूत्रले जनाएको
छ । हातहतियारसहित एसएसपी प्रदर्शन स्थलमा
पुगका भए उनी बाँच्न सफल हुने ठानिएको छ ।
प्रदर्शनकारीहरु आक्रामक ढंगले अगाडि बढेको र
उनीहरुसँग हातहतियारसमेत रहेको जानकारी
गराउँदा गराउँदै पनि एआईजी राईले एसएसपीसमेतलाई
बिना हातहतियार फल्डमा जान किन निर्देशन
दिएका हुन् रहस्यको विषय बनेको छ ।
यसलाई रहस्यपूर्ण मानिनुको कारण गणेश राई
एमाओवादी कोटमा परेर एआईजीपी बनेकाले मात्र
होइन, एमाओवादी सैद्धान्तिक रुपले जातीय
राज्यका पक्षमा रहनु, थारुहरुले चलाएको
आन्दोलनप्रति एमाओवादीको साथ सहयोग हुनु र
एमाओवोदी कोटाबाट एआईजीपी बनेका कार्य
विभाग प्रमुख राईले एसएसपी तहका प्रहरी
अधिकृतलाई बिनाहातहतियार फिल्डमा जान
बाध्य तुल्याउनुले घटनालाई रहस्यपूर्ण बनाएको हो ।
सहमति समितिका सभापतिसमेत रहेका डा।बाबुराम
भट्टराईले सामाजिक सञ्जालमार्फत थँरु
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई थप
उचाइमा पु¥याउन आह्वान गर्दै थिए ।
प्रहरीले बल प्रयोग गर्दा आन्दोलन शिथिल हुने
चिन्ता एमाओवादीका नेताहरुमा थियो, त्यसैले
उनीहरु बल प्रयोग नहोस् भन्ने चाहन्थे । माओवादीको
चाहनाभन्दा फरक आदेश एआईजीपी गणेश राईबाट
नजानुले स्थितिलाई अर्थपूर्ण बनाएको हो । कैलाली
घटनाले नेपालीहरु कतिसम्म अमानवीय हुन्छन् भन्ने
सन्देश विश्वव्यापी रुपमा दिएको खबर घटना र
विचारमा छापिएको छ ।

0 comments:
Post a Comment