भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, २४ साउन । नेपाल टेलिकमको रिचार्ज
कार्डमार्फत बिजुलीको बिल तिर्न सम्भव देखिएको
छ । नेपाल विद्युत प्राधिकरणले टेलिकमको
रिचार्जकार्डबाट बिजुलीको विल तिर्न सम्भव/
असम्भवबारे धारणा मागेकोमा प्राविधिक रुपमा
सम्भव भएको देखाएको छ ।
बिजुलीको बिल तिर्न घण्टौ टाढा जानुपर्ने र लाइन
बस्नुपर्ने अवस्था अन्त्यका लागि अत्यावश्यक
मानिएको जुनसुकै ठाउँबाट रिचार्ज कार्डमार्फत
बिल तिर्न सक्ने गरी दुई वर्षअघि प्राधिकरणले छुट्टै
रिचार्ज कार्डमार्फत सेवा दिन सक्ने गरी प्रक्रिया
अघि बढाएको थियो । सो गर्दा झन्झटिलो हुने
भन्दै प्राधिकरणले टेलिकमकै रिचार्ज कार्डबाट सम्भव
भए अझ प्रभावकारी हुने उल्लेख गर्दै पत्र पठाएको
थियो ।
कार्यविधि र यसका लागि आवश्यक हार्डवेयर
सफ्टवेयरको प्रबन्ध गरेपछि विद्युत प्राधिकरण
सञ्चालक समितिबाट पारित गरी बिजुलीको बिल
रिचार्ज कार्डमार्फत तिर्न सक्ने गरी सेवा विस्तार
गर्ने प्राधिकरणको लक्ष्य छ । राजधानी

0 comments:
Post a Comment