भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, २४ साउन ।
राजनीतिलाई आम्दानीमूलक व्यवसाय बनाउँदै आएका
कतिपय नेपाली नेताहरूले पदको प्रभावमा पारी
छोराछोरीलाई विदेश पढाउने र उतै ‘सेटल’ गराउने गर्दै
आएका छन् । राजनीतिक दलका नेताहरूले मात्र नभएर
निजामती कर्मचारी, सेना तथा प्रहरीका उच्च
अधिकारीहरूले समेत आफ्ना सन्तानलाई विदेशमै सेटल
गराएका छन् । तर, विदेशमै घरजम गरेर बस्ने र नेपालमा
कमाएको पैसा पनि विदेशमै लैजानेमा सेना–
प्रहरीभन्दा राजनीतिमा सक्रिय रहेका नेता र
निजामती सेवामा काम गर्ने अधिकारीहरू अगाडि
रहेका छन् । विदेशमा आफ्नो सन्तानसँगै कमाइ पनि
पठाउने नेताहरूले आफ्ना छोराछोरीलाई
राजनीतिबाट भने टाढा राखेका छन् । तर, उनीहरू
सर्वसाधारण जनताका छोराछोरीलाई राजनीति
गर्नुपर्छ भन्दै स्कुल पढ्दादेखि नै सङ्गठनको सदस्यता
दिलाउन मरिहत्ते गर्छन् र देशभक्तिको गाथा गुथ्छन् भने
आफ्ना सन्तानका नाममा देशको सम्पत्तिलाई हुन्डी
(अवैध कारोबार)मार्फत विदेश पठाउँछन् ।
विदेशमा आफ्ना छोराछोरी, आफन्त तथा
नातागोताका मानिस राखेर नेपाली सम्पत्ति
विदेश पठाउनेमा प्रधानमन्त्री सुशील कोइराला
पहिलो नम्बरमा पर्छन् भन्दा कतिलाई विश्वास नहुन
सक्छ, तर सत्य यही हो । उनले आर्जन गरेको सम्पत्ति
विदेशमा पठाउँछन्, विभिन्न व्यक्तिको नाममा ।
उनको निजी सचिवालयमा विदेशी
कार्डधारीहरूको बाहुल्य रहेको छ । अमेरिकामै
स्थायी बसोवास गर्दै आएकी मृदुला कोइरालालाई
नेपाल झिकाई आफ्नो अवैतनिक सल्लाहकार बनाएर
आफ्नो कारोबारलाई अझ सजिलो बनाएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री कोइरालाले
मृदुलामार्फत नै आफ्नो सम्पत्ति विदेशमा पठाउने
गरेको जानकारीमा आएको छ । यसअघि उनले उमा
कार्की नामकी महिलामार्फत पनि नगद पठाउने
गर्दथे । मृदुला अमेरिकाको स्थायी बसोवास
पाएकी नेपाली नागरिक हुन् । उनको परिवारका सबै
सदस्य अमेरिकामै बसोवास गर्दै आएका छन् ।
यसैगरी कोइरालाको प्रिय सल्लाहकार विजन
पन्तको बेलायतमा तीनवटा घर रहेको बताइन्छ ।
उनका सन्तान पनि उतै छन् । त्यस्तै, निजी स्वकीय
सचिवालयमा रहेका कोइरालाका नातेदार रमेश
शर्मा र प्रभा भण्डारीका छोराछोरी पनि
अमेरिकामै छन् । उनीहरूका नाममा नेपालबाट हुन्डीकै
माध्यमबाट पैसा पठाउने गर्छन् शर्मा र भण्डारीले ।
राष्ट्रपति डा. रामवरण यादवका तीन सन्तान छन् ।
एक छोरा र एक छोरी नेपालमा छन् भने एउटा
अमेरिकामा । यादवको कान्छो छोरा चन्द्रशेखर
अमेरिकामा छन् । बैंककबाट ‘इन्भाइरोमेन्ट
इन्जिनियरिङ’मा स्नातकोत्तर चन्द्रशेखर पढाइ
सक्नेबित्तिकै अमेरिका हानिएका हुन् । स्रोतका
अनुसार राष्ट्रपति यादवले पनि छोराको नाममा
आफ्नो सम्पत्ति अमेरिकामै जम्मा गर्ने गरेका छन् ।
यादवका एक छोरा चन्द्रमोहन यादव चिकित्सक हुन्
भने उनी संविधानसभामा सभासद् पनि हुन् । छोरी
अनिता पितासँगै शीतलनिवासमा बस्छिन् ।
बेलायतबाट स्नातकोत्तर गरेकी अनिता पितालाई
भेट्न आएका स्वदेशी तथा विदेशी अतिथिलाई
स्वागत गर्ने, भ्रमणको कार्यतालिका मिलाउनेजस्ता
काममा सक्रिय हुन्छिन् ।
काङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहका दुई
छोरामध्ये जेठो प्रभावमान सिंहले अस्ट्रेलियाबाट
इकोनिमिक्समा स्नातकोत्तर गरेका छन् । उनी उतै
बस्ने तयारी गरिरहेका छन् । उनले अस्ट्रेलियमा
सम्पत्ति जोडिसकेका छन् । तर, प्रभावले ‘आफ्नो
हजुरबुवाको नाममा खोलिएको गणेशमान सिंह
फाउन्डेसनमा आबद्ध भएर काम गरिरहेको बताए ।’
काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई
छोरी र एक छोरा छन् । भारतीय दूतावासको
सहयोगमा चेन्नईमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका
छोरा श्याप्रसाद र कान्छी छोरी रीतदीप्ति
अमेरिकामा छन् । सिटौलाको भारतमा ठूलो
व्यापार भएकोले छोरा श्यामप्रसाद बढी समय
भारतै बस्छन् । सिटौलाको भारतको दिल्ली र
नोयडामा व्यापार छ । नेपालमा कमाइ भएको रकम
उनी अमेरिका र भारतमा सञ्चित गरिरहेका छन् ।
सिटौलाले पनि आफ्नो सम्पत्ति हुन्डीमार्फत विदेश
पठाउने गरेका छन् । सिटौलाकी अर्की छोरी
चम्पदीप्ति भने नेपालमै छिन् ।
यसैगरी कम्बल ओडेर घ्यू खाने नेताको छवि बनाएका
काङ्ग्रेस नेता महेश आचार्यको छोरा अमेरिकामा छन्
। उनले नेपालमा कमाएको सबै सम्पत्ति पछिल्लो समय
अमेरिकामा पठाउने गरेका छन् । उनी मन्त्री भए पनि
विदेशमा पैसा पठाउने सहारा हुन्डीलाई नै बनाएका
छन् । त्यस्तै सञ्चारमन्त्रीसमेत रहेको मीनेन्द्र रिजाल,
काङ्ग्रेस नेता गोविन्दराज जोशीका छोराछोरी
पनि अमेरिकामै छन् । उनीहरू आफ्नो सम्पत्ति
अमेरिकामै जम्मा गरिरहेका छन् । त्यस्तै, काङ्ग्रेस नेतृ
सुजता कोइरालाकी छोरी बंगलादेश र छोरा
जर्मनीमा छन् । सुजाता पनि आफ्नो सम्पत्ति
छोरीछोरीका नाममा विदेश पठाउने गर्छिन् ।
एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री
झलनाथ खनालले पनि आफ्नो सम्पत्ति अमेरिकामा
जम्मा गरेका छन् । उनले छोरा निर्भीकमार्फत आफ्नो
सम्पत्ति अमेरिकामा सञ्चित गरेका छन् । निर्भीकले
अमेरिकाबाट साइन्समा स्नातकोत्तर गरेका छन् ।
केही समयअघि नेपाल आएर युवा सङ्घमा आबद्ध भएका
निर्भीकको बसोवास अमेरिकामै हुने गरेको छ ।
पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधव नेपालका
छोरा सौरभ इन्जिनियर हुन् । सौरभले भारतबाट
इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरेका छन् ।
नेपालस्थित एक निजी कम्पनीमा काम गर्छन् । छोरी
सुमन मेडिकल साइन्सकी विद्यार्थी हुन् । उनी अहिले
अमेरिकामा छिन् । नेपालले आफ्नो सम्पत्ति
छोरीका नाममा अमेरिकामै सञ्चित गरिरहेको
बताइन्छ । एमालेका महासचिव ईश्वर पोखरेलका
छोरा सौराज पनि अमेरिकामै छन् । महासचिव
पोखरेलले नेपालमा राजनीतिक व्यवसायबाट
कमाएको पैसा छोरा सौराजको नाममा अमेरिकामै
बचत गरिरहेको बताइन्छ ।
एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सम्पत्ति
छोरा हरिशदेव गौतममार्फत चीन र अमेरिकामा
सञ्चित गरिरहेका छन् । पूर्वअध्यक्ष खनालको
छोरासँगै युवा सङ्घमा आबद्ध भएका हरिश पेसाले
इन्जिनियर भए पनि कन्सल्टेन्सी र ट्राभल व्यवसाय
गरिरहेका छन् । उनी ट्राभलमार्फत नेपाली
नागरिकलाई विदेश ओसारपसारमा संलग्न भएको
बताइन्छ । गौतमका दुई छोरीमध्ये विजिता
नेपालकी डेन्टिस्ट हुन् भने अजिता अमेरिकामा छिन् ।
अजिताले गौतमको अमेरिकामा रहेको सम्पत्ति
रक्षा गरिरहेको बताइन्छ ।
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईकी
छोरी मानुषी पनि सक्रिय राजनीतिमा छैनन् ।
उनी अमेरिका अध्ययन गर्न गएकी छिन् । पछिल्लो
समय बाबुरामले पनि छोरीका नाममा सम्पति
सञ्चित गरिरहेका छन् । रकम सञ्चित गर्ने काममा
पत्नी हिसिला यमी लागेकी छिन् । उनले छोरीका
नाममा करोडौँ रकम नेपालबाट बाहिर पठाइसकेको
चर्चामा आए पनि खोजबिन भएको छैन ।
त्यस्तै, एमाओवादीमा लागेका, तर गुमनाम भएका
अमिक शेरचनका छोराहरू प्रमिक र क्रमिक पनि
अमेरिका छन् भने माओवादीका अन्य नेताहरूका
छोराछोरी कोही राजनीतिमा सक्रिय छन् भने
कोही नेपालकै विद्यालयमा अध्ययन गरिरहेका छन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् ।
गच्छदारका सहयोगी कन्हैयालालका अनुसार
गच्छदारका जेठा छोरा सुमन अमेरिकामा
अटोमोबाइल्समा इन्जिनियरिङ गर्दै छन् । गच्छदारले
आफ्नो छोराको नामबाट अमेरिका दुईवटा घर
किनिसकेका छन् । उनले ती घर भाडामा लगाएका छन्
। गच्छदारको कान्छा छोरा सुवास भने त्रिभुवन
विश्वविद्यालयमा राजनीतिशास्त्रमा मास्टर सकेर
राजनीतिमा आउने तयारी गरिरहेका छन् । छोरी
रिना घरधन्दामा लागेकी छिन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी
प्रसिद्धि पनि बेलायतमा छिन् । उनकी माइली
छोरी डा. प्रगति थापा नर्भिक अस्पतालमा र
कान्छी बैंकमा जागिरे छिन् भने छोरा सुवास
काठमाडौंको एक संस्थानमा काम गर्छन् ।
पशुपतिशमशेर राणाका छोरीहरू पनि
राजनीतिभन्दा बाहिर छन् । उनीहरू बिदेसिएका छन्
। राणाले नेपालमा रहेको आफ्नो सम्पत्ति भारतमा
जम्मा गरिरहेका छन् ।
– रामहरि पाण्ड

0 comments:
Post a Comment