भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १३ भदौ । विभिन्न आन्दोलनरत समूह, संघसंस्था र राजनीतिक दलहरूले वार्ताका लागि अघि सारेका मागका विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने शीर्ष बैठकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त दलित संघर्ष समिति, थारु/थरुवा संयुक्त संघर्ष समितिलगायतले शनिबार बुझाएका मागका विषयमा छलफल हुने बुझिएको छ ।
आन्दोलनरत समूहका मागलाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरूको पहलमा प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपछि शनिबार बेलुका मधेशी मोर्चा, थारु र दलित संघर्ष समितिले आआफ्नोतर्फबाट माग पत्र बुझाएका थिए ।
मागका सम्बन्धमा कसरी अगाडि बढ्ने भनेर शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
नयाँ संविधानमा समेट्नुपर्ने आफ्ना माग तथा संघीय राज्यको सिमाङ्कनलाई लिएर विगत दुई साता देखि तराईका जिल्लाहरू अशान्छ छन् ।

0 comments:
Post a Comment