Home » » थोरै जिल्ला माग गरेर कोसी पूर्वमा आन्दोलन चर्काउँदै लिम्बुवान पार्टी...

थोरै जिल्ला माग गरेर कोसी पूर्वमा आन्दोलन चर्काउँदै लिम्बुवान पार्टी...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १३ भदौ । संघीय लिम्बुवाट पार्टीले नौ जिल्ला मात्रै समेटेर संघीय राज्यको सिमाङ्कन हुनुपर्ने माग गरेर आफ्नो आन्दोलनलाई कडा बनाउँदैछ ।

आन्दोलनको तयारी स्वरुप कोसी नदी पूर्वका जिल्लाहरूमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गरिरहेको लिम्बुवानले बन्दका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलन र बन्दको कार्यक्रमलाई सशक्त बनाउन लिम्बुवानले आजै बेलुका कोसी पूर्वका जिल्लाहरूमा मशाल जुलुस गर्न लागेको सो पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले जानकारी दिनुभयो ।

‘लिम्बुवानको पहिचान हुने संघीय राज्यको माग गरेका हौँ । त्यसैअनुसार सिमाङ्कन गरिनुपर्छ’, उहाँले भन्नुभयो, ‘सिमाङ्कन नै नमिलाएर पूर्वको एक नम्बर प्रदेश हामीलाई मान्य छैन ।’

सोमबार र मंगलबार कोसी नदी पूर्वका जिल्लाहरूमा बन्द घोषणा गरेको लिम्बुवान पार्टीले मागको सुनुवाइ नभए आन्दोलनलाई अनिश्चितकालका लागि लम्बाउने चेतावनी दिएको छ ।

पूर्वाञ्चललाई अखण्ड राखेर एक नम्बर प्रदेशको सिमाङ्कन गरिएपछि लिम्बुवान पार्टीले विरोध जनाएको छ । उसले एक नम्बर प्रदेशमा लिम्बुवानको बाहुल्य रहेको नौ वटा जिल्लालाई मात्रै समेटेर सिमाङ्कन गरिनुपर्ने माग गर्दै आएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved