भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मेड्रिड (स्पेन), श्रावण २२ - स्पेनको सडकमा विश्वकै
चर्चित फुटबल क्रिष्टियानो रोनाल्डो भेष बदलेर
आउनेछन् भन्ने कसैले कल्पना गरेको पनि थिएन होला ।
तर, भयो यस्तै । लामो कपाल, दारी र कालो चश्मा
लगाएर सामान्य परिरनमा क्रिष्टियानो
रोनाल्डोले मेड्रिडको व्यस्त सडकमा करिब एक घण्टा
आफ्नो कौशल देखाए तर कसैले पहिचान गर्न सकेन ।
फोहोरी रुपमा देखिएका रोनाल्डो सडकमा फुटबल
कौशल देखाउदै आवतजावत गर्नेहरुलाई जिस्क्याउछन् ।
अझ, एउटी महिलासँग त उनले फोन नम्बर नै माग्छन् ।
अन्त्यमा निकोलास नाम गरेका बालकलाई हस्ताक्षर
गरेको बल दिंदै उनले आफ्नो नक्कली दाह्री र कपाल
झिकेपछि भने मेड्डिको व्यस्त सडकमा प्रशंसकहरुबाट
रोनाल्डो घेरिन पुग्छन् ।
जनवरीमा खिचिएको भिडियो अहिले सार्वजनिक
भएपछि यसको चर्चा चुलिएको छ । सोमबार
सार्वजनिक भएको यो भिडियो अहिलेसम्म ५५ लाख
बढीले हेरिसकेका छन् । रोनाल्डोले लाइभ लाइफ
लाउडसँगको सहकार्यमा यस्तो भिडियो बनाउन
राजी भएका हुन् । यो भिडियो विज्ञापनको
लागि तयार पारिएको थियो ।
0 comments:
Post a Comment