Home » » मलेसियाबाट ४ सय ७० जना कामदार माग

मलेसियाबाट ४ सय ७० जना कामदार माग

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मलेसियाली रोजगारदाता कम्पनीहरुले नेपाल
सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि
भिसा फ्रि टिकट’ मा नेपाली कामदार लिने
प्रक्रिया अघि बढाएका छन् । मलेसियाका
रोजगारदाता कम्पनीहरुले नेपाली कामदार
ल्याउन नेपाली दुतावासमा मागपत्र
प्रमाणीकरणका लागि धमाधम पेश गर्न
थालेका हुन् ।
यहाँस्थित नेपाली दुतावासका अनुसार
विभिन्न १७ कम्पनीले फ्रि भिसा फ्रि टिकट
दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका
लागि प्रमाणीकरण गर्न कागजात दुतावासमा
पेश गरेको यहां स्थित नेपाली दुतावासले
जनाएको छ ।
दुतावासले बिहीबार एक विज्ञप्ती प्रकाशन
गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको
मागपत्र उपर छानवीन गरि ती कम्पनीहरुको
निरिक्षणपछि मागपत्र स्विकृत गरि पठाउने
प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत
असार २१ गते ‘फ्रि भिसा फ्रि टिकट’मा
मात्र कामदार खाडी र मलेसिया पठाउने
निर्णय गरेको थियो । कान्तिपुर दैनिकमा
समाचार छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved