Home » » याकुजा ग्यागंमा आईरहेकोे फुटले ठूलो ग्यागं वार हुने सम्भावना

याकुजा ग्यागंमा आईरहेकोे फुटले ठूलो ग्यागं वार हुने सम्भावना

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जापान, १३ भाद्र
जापानको सबैभन्दा ठूलो अपराधीक समुह याकुजा
ग्यागंमा आएको फुटसँगै जापान प्रहरी उच्च
सर्तकतामा बसेको छ । जापान सरकारले प्रहरीलाई
सचेत बनाउँदै भनेको छ, उनिहरुमा आएको फुटले ठूलो
आपसी दन्द्ध निम्तन सक्ने सम्भावना छ ।
जापानबाट सञ्चालित अनलाईन जापान टुडे लेख्छ,
शुक्रबार जापानको संसदका मुख्य सचिव योसिहाईड
सुगाले प्रहरीलाई सचेत गराउँदै भने, यामागुचीको
संगठन (याकुजा ग्यागं) जुन जापानको सबैभन्दा
बलियो ग्यागं हो, त्यो बिभाजित भईरहेको
अवस्थामा छ । सुगाले भने, प्रहरीले सूचना संकलन
गरिरहेको छ । आशा छ, प्रहरीले यस अवसरलाई
अपराधिक संगठन कसरी फेल हुन्छ भन्ने पक्षलाई अध्ययन
गर्ने मौका पाउने छ ।
कोड्यो समाचारका अनुसार प्रहरी उच्च सर्तकतामा
छ, उनिहरुबिच आपसि टकराव र लडाई सृजना हुनेमा ।
निक्कि पत्रिकाका अनुसार राष्ट्रिय प्रहरी
संगठनको बिकसित अवस्थामाथि छलफल गर्न बुधबार
इमरजेन्सि मिटिगं बसेको थियो ।
स्थानिय पत्रिका मिञ्चि सिम्बुनका अनुसार
यामागुचिले आफनो ग्यागंका १३ शक्तिशाली
सदस्यलाई निस्काशित गरे जसमध्ये ११ जनाले नयाँ
संगठन खोले । त्यहाँबाट निस्कासित भएपछि
उनिहरुलाई नँया संगठनको आवश्यकता परयो ।
जापानमा रहेका ईटालियन माफिया, चाईनिज
ग्यागं जस्तै याकुजा ग्यागं पनि जुवातास, ड्रग्स,
बेस्याबृति, हप्ता असुली, सेतो अपराधमा संलग्न छ ।
प्राप्त सूचना बमोजिम याकुजा ग्यागंमा २३ हजार
सदस्यहरु रहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved