भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : प्रधानमन्त्रीको राजीनामा माग्दै
मलेसियामा हजारौं नागरिक सडकमा उत्रेका छन् ।
प्रधानमन्त्री नजिब रज्जाकको राजीनामा माग
गर्दै त्यहाँका हजारौं नागरिक सडकमा निस्केर
हिंसात्मक प्रदर्शन शुरु गरेका छन् । शुक्रबारबाट शुरु
आन्दोलनका क्रममा शनिबार दिउँसो
क्वालालाम्पुरको सडकमा निस्केका मलेसियन
नागरिकले सार्वजनिक सवारी साधन र सडक
संरचनामा तोडफोड गरी क्षति पुर्याएका छन् ।
प्रधानमन्त्री रज्जाकको बैंक खातमा नाम नखुलेका
एक विदेशी दाताले ७ अर्ब बढी रकम जम्मा
गरिदिएको पोल खुलेपछि मलेसियन नागरिक
उनीप्रति आक्रोशित भएर सडकमा उत्रेका हुन् ।
प्रधानमन्त्री रज्जाकको व्यक्तिगत खातामा
विदेशी दाताबाट अर्बौं रकम जम्मा भएको तथ्य गत
महिना खुलेपछि प्रमविरुद्ध आन्दोलनको आगो
सल्केको हो । तथापि प्रधानमन्त्री रज्जाकले भने
आफ्नो खातामा विदेशबाट कुनै पनि पैसो जम्मा
नभएको दाबी गर्दै आएका छन् ।
क्वालालम्पुरमा शनिबार हिंसात्मक प्रदर्शन थालेको
प्रो–डेमोक्रेशी ग्रुप बेरिसले आइतबार पनि आन्दोलन
जारी राख्ने घोषणा गरेको छ । सो ग्रुपले आइतबार
पनि क्वालालम्पुर, कोटा किनाबलु र कुचिङमा पनि
आन्दोलनको घोषणा गरेको छ । आन्दोलन चलिरहँदा
राजधानी क्वालालम्पुरको प्रशासनले प्रदर्शन गर्न
अनुमति नदिइ जुलुसलाई अवैधानिकको संज्ञा दिएको
छ ।

0 comments:
Post a Comment