भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साउन १९ गते एजेन्सी । अमेरिकाको वाशिंगटन
डिसीमा सडकमा हिँडीरहेका एक पुरुषलाई बन्दुक
देखाई ७ जना पुरुषले बलात्कार गरेका छन् । वाशिंगटन
डिसी को कोलम्बिया हाइटमा शुक्रबार साँझ
सन्ध्याकालिन समयमा टहल गर्न निस्केका एक
पुरुषमाथि यौन आक्रमण भएको हो ।
पुरुष नजिक एक अपरिचित व्यक्ति आई बन्दुक देखाई
उनलाई जबर्जस्ती गाडीमा हालेर यौन आक्रमण गरेको
डिसी प्रहरीले जनाएको छ ।
७ जना को समुहले उक्त यौन आक्रमण गरेको डिसी
प्रहरीले जनाएको आइतबार जनाएको छ भने उक्त घटना
गत शुक्रबार भएको हो । प्रहरीले दिएको जानकारी
अनुसार करिब ६ फुट १ इन्च जति अग्लो हिस्पानिक
करिब २२ देखि २७ बर्षको लिई व्यापक खोजी गरेको
जानकारी गराएको छ भने सुरिलो शरीर, सानो,
घुम्रेको कालो कपाल भएको हुलिया बताएको छ ।
व्यक्तिले सुन्तला रंगको कमिज तथा खैरो प्यान्ट
लगाएको र बन्दुत सहित भएको एनबिसी ४ ले समाचार
लेखेको छ । यसैगरि उक्त संदिग्ध व्यक्ति संग अलिक
ठूलो ज्यान भएको करिब १७ देखि १९ बर्षको हल्का
रंगको पनि रहेकोले खोजि गरि रहेको छ ।
प्रहरीका अनुसार कम्तिमा अन्य ५ जना संदिग्ध
अपरिचित व्यक्तिहरु पनि संलग्न रहेको जनाएको छ ।
यी संदिग्ध अज्ञात व्यक्तिहरुको सूचनादिने लाई १
हजार डलर पुरस्कार दिने डिसी अपराध नियन्त्रण
प्रहरीले उल्लेख गरेको छ ।
0 comments:
Post a Comment