भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी नयाँ दिल्ली, साउन १९
१५ बर्षदेखि भारतमा भएको परिवारबाट अलग भएर
पाकिस्तानमा रहेकी गीतालाई परिवारसँग मिलन
गराउन अभिनेता सलमान खान अघि सरेका छन्।
पाकिस्तानका पूर्वमन्त्री तथा मानवअधिकार
कर्मी अन्सार बर्नीले सोमबार ट्वीटरमा लेखेका छन्,
सलमान खानले बजरंगी भाइजानका निर्देशक कबिर
खानसँग गीतालाई परिवारसँग कसरी पुनर्मिलन
गराउन सकिन्छ भन्नेबारे छलफल गरेका छन्।'
यसअघि सोमबार भारतीय विदेशमन्त्री शुष्मा
स्वराजले इस्लामावादस्थित भारतीय उच्च आयुक्त
टिसीए राघवनलाई कराँची गएर गीतासँग मिल्न
निर्देशन दिएकी थिइन्।
भारतीय सञ्चार माध्यमका अनुसार गीता अहिले
कराँचीमा एक सामाजिक कार्यकर्ताको घरमा
रहेकी छिन्। बोल्न र सुन्न नसक्ने गीता ९ बर्षको हुँदा
रेलमार्फत कराँची पुगेकी थिइन्।
अहिले उनको उमेर २२-२४ बर्षको बीचमा रहेको
बताइएको छ।
0 comments:
Post a Comment